काठमाडौं, १ असार । काठमाडौं र ललितपुरमा कोरोनाभाइरस संक्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ४ जना र ललितपुरका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिनुभयो । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष जना, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष र पाटन स्वास्थ विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरकी १ महिला र काठमाडौंका २ महिलामा कोरोना पोजेटिभ देखिएको छ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। सोमबार ४५१ थपिएसँगै संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको हो।
प्रतिक्रिया दिनुहोस्