ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा चुनावी सरगर्मी तीव्र, १ र २ क्षेत्रमा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा


admin
१७ मंसिर २०७४, आइतबार   ९ : ०२   बजे

बाँके, १७ म)सिर । पश्चिम नेपालको प्रमुख केन्द्रका रुपमा रहेको बाँके जिल्लामा चुनावी सरगर्मी तीव्र छ । 

जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । निर्वाचन क्षेत्र नं १ र ३ को तुलनामा नेपालगञ्ज उपमहानगरपालिका समेत रहेको क्षेत्र नं २ लाई भने बढी चासोका साथ हेरिएको छ ।

विसं २०४८ देखि निरन्तररुपमा स्व.पूर्वप्रधानमन्त्री सुशील कोइरालाले उम्मेदवारी दिदै आएको यो क्षेत्रमा पहिलोपटक काँग्रेस आफ्नो उम्मेदवारविहीन अवस्थामा मैदानमा उत्रिएको छ । काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमप्रकाश आजादलाई समर्थन गरेको हो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पनि यसपटक सूर्य चिह्नधारी स्वतन्त्र राजनीतिक समूहका पशुपतिदयाल मिश्रलाई समर्थन गरेका छन् । यस्तै संघीय समाजवादी फोरम नेपालका मोहम्मद इस्तियाक राई र राष्ट्रिय जनता पार्टीका विजयकुमार गुप्ता पनि सशक्तरुपमा अघि बढ्नुभएको छ ।

क्षेत्र नंं १ मा लोकतान्त्रिक समूहबाट नेपाली काँग्रेसका माधवराम खत्री र वाम गठबन्धनबाट माओवादी केन्द्रका महेश्वरजंग गहतराजबीच प्रतिस्पर्धा छ । सो क्षेत्रमा २०४८ यताको निर्वाचनमा नेपाली काँग्रेसले दुईपटक र राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र र एमालेले एक÷एक पटक जितिसकेका छन् ।

कोहलपुर नगरपालिका, राप्तीसोनारी र नरैनापुर गाउँपालिका रहेको सो क्षेत्रमा जनसंख्या बढी र भौगोलिक दृष्टिकोणले समेत ठूलो क्षेत्रका रुपमा रहेको छ । स्थानीय तहको निर्वाचनमा सो क्षेत्रअन्तर्गत पर्ने कोहलपुर नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेसले जितेको थियो भने राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा काँग्रेसले र नरैनापुरको अध्यक्ष–उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालले जितेको थियो ।

यो क्षेत्रको प्रदेशसभा सदस्यमा मुख्यतया दुई पक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रअन्तर्गत पर्ने प्रदेशसभा (क) र (ख) मा पनि लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका कृष्णा केसी नमूना र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका शरदचन्द्र बर्मा उम्मेदवार हुनुहुन्छ ।

प्रदेशसभा सदस्य (ख) मा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका नारायणप्रसाद गौडेल र वाम गठबन्धनबाट एमालेका आरती पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

यसैगरी क्षेत्र नं २ नेपालगञ्ज उपमहानगरपालिका समेत रहेको यस क्षेत्रमा भने त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । विसं २०४८ देखि २०७० सालसम्मका पाँच वटा निर्वाचनमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच प्रमुख प्रतिस्पर्धा हुँदै आएकामा यसपटक यिनै दुई दलबीच तालमेल छ ।

काँग्रेस र राप्रपाको समर्थनमा राप्रपाका ओमप्रकाश आजाद उम्मेदवार हुनुहुन्छ भने वाम गठबन्धनबाट पशुपतिदयाल मिश्र उम्मेदवार रहनुभएको छ । राष्ट्रिय जनता पार्टीको सहमहामन्त्री त्याग्नुभएका मिश्रलाई एमालेले आफ्नो चुनाव चिह्न दिएर मैदानमा उतारेको हो ।

मधेशी समुदायका चर्चित नेताका रुपमा परिचित मिश्रलाई पहिलो पटक पहाडी समुदायका नेताले वाम गठबन्धनबाट अघि सारेका हुन् तर सोही समुदायको मत उहाँलाई आउने नआउनेबारे चर्चा पनि उत्तिकै बढी छ ।

यसैगरी संघीय समाजवादी फोरम नेपालका मोहम्मद इस्तियाक राईले प्रमुख गठबन्धनका उम्मेदवारलाई ठूलै चुनौती दिनुभएको छ । २०६४ सालमा मधेशी जनाधिकार फोरम नेपालबाट जित्नुभएका उहाँ पूर्व यातायात व्यवस्थामन्त्रीसमेत हुनुहुन्छ ।

मुस्लिम समुदायको प्रतिनिधित्व भएकाले भावनात्मक भोट पाउनेमा उहाँ विश्वस्त हुनुहुन्छ । यी तीन जनाबीचको त्रिपक्षीय प्रतिस्पर्धासँगै यो क्षेत्रमा राजपाका विजयकुमार गुप्ताको प्रभाव पनि देखिन्छ । गुप्ताले २०४८ सालमा नगरप्रमुख हुँदा राम्रो प्रभाव पार्नुभएको थियो ।

सो क्षेत्रका प्रदेशसभा (क) मा नेपाली काँग्रेसका निरञ्जनसिंह सिजापति र माओवादी केन्द्रका कामताप्रसाद खटिक उम्मेदवार हुनुहुन्छ । संघीय समाजवादी फोरम नेपालका विजय यादव पनि बलियो उम्मेदवारको रुपमा उभिनुभएको छ ।

काँगेसबाट पार्टी परित्याग गरी फोरममा प्रवेश गर्नुभएका यादव स्थानीय तहको चुनावमा डुडुवा गाउँपालिका प्रमुखमा पराजय भएरपनि अहिले पुनः प्रदेशसभा सदस्यको उम्मेदवार बनेर जोडतोडका साथ मधेशी समुदायको बाहुल्यता रहेका गाउँमा जातीय सम्बन्धलाई समेत अघि बढाइ रहनुभएको छ ।

शहर क्षेत्र रहेको (ख) मा काँग्रेसबाट नेपालगञ्जका पूर्व उपप्रमुख सुरेन्द्र हमाल र एमालेबाट विजयकुमार गुप्ताबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै संघीय समाजवादी फोरम नेपालका दुर्गेश गुप्ता पनि उम्मेदवारका रुपमा प्रतिस्पर्धी हुनुहुन्छ ।

यसैगरी बाँके जिल्ला निर्वाचन क्षेत्र नंं ३ मा प्रतिनिधिसभा सदस्यमा निवर्तमान सांसद बादशाह कुर्मी र एमालेका पुराना नेता नन्दलाल रोकायाबीचको प्रतिस्पर्धा देखिन्छ । स्थानीय तह निर्वाचनमा सो क्षेत्रका तीनवटै तह जितेको एमालेले माओवादी केन्द्रको समर्थन पाएपछि निकै उत्साही बनेको छ ।

सो क्षेत्रको प्रदेशसभा सदस्यमा पनि दुई पक्षीय प्रतिस्पर्धा देखिन्छ । (क) मा लोकतान्त्रिक गठबन्धनले नेपाली काँग्रेसका चन्तराम थारु र वाम गठबन्धनले माओवादी केन्द्रका आइपी खरेललाई अगाडि सारेको छ । (ख) मा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका लक्ष्मीनारायण शाह र वाम गठबन्धनबाट एमालेका बाबुराम गौतमबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

यस जिल्लामा अस्थिर मतदाता बढी छन् । यहाँका नतिजा सोचेअनुरुपको ठीक उल्टो आउने भएकाले सबै उम्मेदवार आआफ्नै शैलीमा चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu