ललितपुर, २२ असार । ललितपुर उद्योग वाणिज्य सङ्घले देशभरका उत्कृष्ट व्यवसायीलाई ‘राष्ट्रि«य उत्पादकत्व अवार्ड’ दिने भएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष सविन श्रेष्ठले आगमी आवको सुरुआतमा नै सम्मान दिइने बताउनुभयो । ललितपुर जिल्ला सङ्घले स्थापना गर्ने पुरस्कारमा देशभरका उद्यमी भाग लिन पाउनेछन् । उद्योगले दिएको रोजगारी, कर अनुशासनको पालनालगायत मापदण्डानुसार विजेताको छनोट हुने बताइएको छ । जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले विसं २०२३ मा सङ्घको स्थापना भएको हो । रासस
प्रतिक्रिया दिनुहोस्