काठमाडौ, ५ असार । चीन र भारतबीच सिमा विषयलाई लिएर भैरहेको तनाब र सैनिकहरु मारिएको घटनामा विश्वका विभिन्न देशले प्रतिक्रिया दिइरहेका छन् ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले छिमेकीबीच शान्ति कायम होस् र तनाव कम होस् भन्ने पक्षमा नेपाल रहेको बताउनु भएको छ ।
दुवै छिमेकीसँग समानतामा आधारित असल सम्बन्ध राख्ने र कुनै एकको पक्षमा नउभिने नेपालको नीति हुनुपर्नेमा सरकार दृढ छ । हामी हाम्रा छिमेकीबीच असल सम्बन्धको पक्षमा छौं ।
उहाहरुबीच तनाव कम होस् र शान्ति कायम होस् भन्ने हाम्रो मान्यता रहेको छ उहाले भन्नुभयो । पछिल्लो समय नक्सा प्रकाशन र संविधान संशोधनबाट त्यसलाई आधिकारिक मान्यता दिइएपछि नेपाल र भारतबीच संवाद छैन । चीन भने उच्चस्तरमै संवादमा छ । बिहीबार मात्र परराष्ट्रमन्त्री ज्ञवाली कोभिड र बीआरई सम्बन्धी चीनले आयोजना गरेको भर्चुअल ग्लोबल सम्मेलनमा सहभागी हुनुभएको थियो । आज दुवै देशका सत्तारुढ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू संयुक्त कार्यशालामा छलफलका लागि सहभागी हुँदैछन् ।
चीन र भारतबीच यसअघि दोक्लाम विवादको बेला समेत औपचारिक प्रतिक्रिया नदिएको नेपालले लद्दाख प्रकरणमा पनि सोही नीति अख्तियार गर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्