ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआई चीन र नेपालको विकास तथा समृद्धिको अवसर : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
५ असार २०७७, शुक्रबार   ९ : ३७   बजे


काठमाडौँ, ५ असार ।  नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल ‘बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)’ को पक्ष भएकाले हिमालय सीमापार बृहत् सम्पर्क सञ्जालका कारण साझा विकास र समृद्धिको अवसर प्राप्त हुने बताउनुभएको छ ।

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीका स्कुल विभागले आज आयोजना गरेको भर्चुअल संवादमा पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीबाट भाग लिँदै अध्यक्ष प्रचण्डले नेपाल र चीनबीचको दुईपक्षीय आपसी सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमा आधारित रहेकाले परस्पर सम्मान, सार्वभौम समानता, एर्काका साझा चासो र संवेदनशीलताप्रतिको बुझाइमा हुर्कँदै आएको उल्लेख गर्दै असल छिमेकी र मित्रताको विशेषता आपसी सम्बन्ध र विश्वास भएको जनाउनुभयो ।

हङकङ र ताइवानको मुद्दामा नेपालले स्पष्टरुपमा चीनलाई समर्थन गर्ने स्पष्ट गर्दै उहाँले दुई देशको साझा विकास, समृद्धि र शान्ति तथा सौहार्दताका लागि मिलेर काम गर्न पार्टी तत्पर रहेको पनि जनाउनुभयो । गत वर्ष नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक औपचारिक भ्रमणको स्मरण गर्दै अध्यक्ष दाहालले परिवर्तित समयमा आपसी सम्बन्धमा नयाँ आयाम दिने समय आएको उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डले दुई पार्टीबीचको परस्पर भ्रमण आदान प्रदान र अन्तक्रियालाई निरन्तरता दिइने दुईपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दामा संयुक्त तालीम र सहकार्य गरिने बताउनुभयो । कोरोना सङ्कटको शुरुआतका कारण गत डिसेम्बरमा आफ्नो पूर्वनिर्धारित चीन भ्रमण स्थगन भएको उल्लेख गर्दै उहाँले कोरोनाको स्थिति साम्य भएपछि भ्रमण गरिने योजना सुनाउनुभयो । कोरोनाको उपचार र रोकथाममा चीनको पहलको सराहना गर्दै अध्यक्ष दाहालले नेपाललाई यस स्थिति र अरू अवस्थामा आर्थिक सामाजिक क्षेत्रमा चीनको निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

सो अवसरमा दुवै देशका कम्युनिष्ट पार्टीका केन्द्रीय स्कुल विभागका प्रमुख तथा नेताले विचार आदान प्रदान गर्नुभएको थियो । गत वर्ष दुई पार्टीबीच संयुक्त वैचारिक प्रशिक्षण र भ्रमण आदान प्रदानको सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group