काठमाडौं, ६ असार ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज फेरि बोलाइएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित हुने तथा अन्य समसामयिक विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामा दबाव छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस्