काठमाडौं, ६ असार । गुल्मीमा बिहीबार होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ । छत्रकोट गाउँपालिका ५ का ६९ वर्षीय पुरुषमा कोरोना रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभयो । उनी जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टाइनमा थिए ।
प्यारालाइसिसको बिरामी रहेका उनलाई मुखबाट खाना खान नसकेकाले पाइपमार्फत खुवाउन पर्ने र अन्य स्याहारसुसारका लागि छोरी ज्वाइसँग होम क्वारेन्टाइनमा राखिएको थियो , उनको बिहीबार आरडीटी परीक्षण गर्दा एन्टिबडी पोजिटिभ देखिएको थियो । शुक्रबार पीसीआर रिपोर्टका लागि स्वाब पठाइएकोमा शनिबार रिपोर्ट पोजिटिभ आएको सूचना अधिकारी आर्चायले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्