ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि बीमा डोल्पामा प्रभावकारी बन्दै


admin
१७ मंसिर २०७४, आइतबार   ३ : १४   बजे

डोल्पा, १७ मंसिर । हिमाली जिल्ला डोल्पामा कृषि जोखिम बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

शिखर इन्स्योरेन्स कम्पनीले डोल्पामा नेपालकै कान्छो शाखा बिस्तार गरेर कृषि बीमा कार्यक्रम लागू गरेपछि कृषक धमाधम कृषि व्यवसायको बीमा गर्न थालेका छन् ।

जिल्लामै पहिलोपटक लागू भएको उक्त कृषि बीमा कार्यक्रमका कारण कृषकले आफूले सञ्चालन गरेको कृषि व्यवसाय ढुक्क भएर सञ्चालन गर्न पाइएको ठुलीभेरी नगरपालिका– ८ डाँगीबाडाका गोकुलबहादुर डाँगीले बताउनुभयो । उहाँले ३५० बोट स्याउको बीमा गर्नुभएको छ ।

त्रिपुरा सुन्दरी नगरपालिका जिउँ गाउँका रञ्जीत बोहोरा कृषि बीमा कार्यक्रमका कारण कृषक लाभान्वित भएको बताउनुहुन्छ । उहाँले ३०० बोट स्याउको बीमा गर्नुभएको छ । अघिल्लो वर्ष हावाहुरी र असिनाले नोक्सान पारेको स्याउको बोटको समेत बीमा रकम पाएको उहाँले बताउनुभयो ।

“प्राकृतिक विपत्तिले क्षति पु¥याएपछि व्यवसाय ठप्प हुने हो कि भन्ने डर हुन्थ्यो, अहिले बीमा कार्यक्रम आएपछि ढुक्क भएर व्यवसाय गर्न पाएका छौँ,”– उहाँले भन्नुभयो ।

कृषि बीमा कार्यक्रम लागू भएको थोरै समय भित्रै ठुलीभेरी नगरपालिका र त्रिपुरा सुन्दरी नगरपालिकाका झण्डै ७५ जना कृषकले बीमा गरिसकेका छन् भने दुई हजार ५६८ स्याउका बिरुवाको बीमा गरिएको शिखर इन्स्योरेन्स डोल्पा शाखाका संयोजक क्षेत्र विक्रम शाहीले बताउनुभयो । निकट भविश्यमा जिल्लाका आठवटै स्थानीय तहमा बीमा कार्यक्रम लागू हुने उहाँले बताउनुभयो ।

कृषि बीमा कार्यक्रमअन्तर्गत कृषकले गरेको बीमाका आधारमा गत वर्ष स्याउमा खडेरी, असिना र हावाहुरीले पु¥याएको क्षतिका आधारमा कृषकलाई रु पाँच लाख छ हजार वितरण गरिएकोसमेत शिखर इन्स्योरेन्स डोल्पा शाखाका बजार प्रबन्धक तीलक शाहीले बताउनुभयो । निकट भविश्यमा पशु बीमा शुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu