ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्वारेन्टिनका सामग्री चोरी , पिसिआरको रिपोर्ट नआउँदै घर


एबीसी न्यूज
१२ असार २०७७, शुक्रबार   ७ : २७   बजे

काठमाडौं, १२ असार । यहाँको त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टिनमा चोरी भएको छ । क्वारेन्टिनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताउनुभयो ।

असार ५ गतेदेखि खाली रहेको क्वारेन्टिनको ढोका फोडेरभित्र रहेका सम्पूर्ण सामग्री चोरी भएको थापाले जानकारी दिनुभयो । क्वारेन्टिनबाट कचौरा ३४ थान, थाल ३४ थान, गिलास ३७ थान, चम्चा ३९ थान, कुकुर पाँच लिटर एक थान, फराइबीन दुई थान कराइ एक थान, पुन्यूउ एक थान चोरी भएको छ ।

यस्तै क्वारेन्टिनमा बस्नेका लागि खरिद गरिएका र यसअघि बस्नेले प्रयोग गरेका गद्दा ३६ थान, तन्ना चार थान, सिरक २६ थान र पिफर्म तीन वटा चोरी भएको छ । चोरी गरेको थाह पाएलगत्तै प्रहरी प्रतिवेदन तयारी पारेर खोजी कार्य थालिएको नगरपालिकाले बताएको छ ।

पिसिआरको रिपोर्ट नआउँदै घर

जिल्लाको बूढीगङ्गा नगरपालिकाको क्वारेन्टिनमा बसेका १८ जना कोरोना सङ्क्रमितलाई घर पठाएको छ । सङ्क्रमितमा १४ दिनसम्म कुनै पनि लक्षण नदेखिएको भन्दै सङ्क्रमितलाई घर पठाइरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

बूढीगङ्गा नगरपालिका–१ धुरालसैन क्वारेन्टिनमा बसेका १७ जना र वडा नम्बर २ वसन्त प्राविको क्वारेन्टिनमा रहेकी एक सङ्क्रमितलाई नगरपालिकाले घर पठाएको हो । वसन्त प्राविमा रहेकाको आरडिटी पोजेटिभ आउँदा पिसिआरको लागि पठाएको तर रिपोर्ट नआउँदै ११ जनालाई समेत घर पठाइएको छ । १४ दिनसम्म लक्षण नदेखिए होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउन सरकारको निर्देशनअनुसार नै पठाइएको स्वास्थ्य कार्यालयको दाबी छ ।

“१४ दिनसम्म पनि पिसिआर जाँचको रिपोर्ट नआएपछि वसन्त बालमैत्री विद्यालयमा रहेका ११ जना आरडिटी पोजेटिभ व्यक्तिलाई पनि घर पठाइएको हो ।” “सरकारको मापदण्डअनुसार घरको आइसोलेसनमा बस्ने गरी कागज बनाएर पठाएको अनमी दीया सिंहले बताउनुभयो ।”

सञ्चो नहुँदै घर पठाइएका होम क्वारेन्टिनमा नबसी घुम्ने गरेको पाइएको छ । जसले गर्दा गाउँमा त्रासको वातावरण छ । स्थानीय प्रहरी प्रशासन, स्थानीय तह र स्वास्थ्य कार्यालयकै लापरवाहीले सङ्क्रमणले ठूलो रुप लिने चिन्ता स्थानीयमा छ । यसअघि बाजुराकै बडिमालिका नगरपालिकाका ३४ जना सङ्क्रमतिलाई पिसिआर जाँचको रिपोर्ट नआउँदै घर पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu