ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोना संक्रमितको संख्या ९९ सय लाख नाघ्यो : ५३ लाख ५७ हजार बढी कोरोना उपचारपछि निको


एबीसी न्यूज
१३ असार २०७७, शनिबार   ७ : ४२   बजे

काठमाडौं, १३ असार । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण विश्वमा झण्डै एक करोड मानिस संक्रमित भएका छन् ।
पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट विश्वका २ सय १५ मुलुकका ९९ लाख ५ हजार २ सय जना संक्रमित पुगेका छन् । शनिवार विहान सम्म ४ लाख ९६ हजार ८ सय ६६ जना कोरोना संक्रमितको ज्यान गएको छ । विश्वभरका संक्रमितमध्ये ५३ लाख ५७ हजार ६३१ जना कोरोना उपचारपछि निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ९३ हजार ८ सय ५७ पुगेको छ । यीमध्ये ४ हजार ८ सय ९१ जनाले कोरोनाका कारण २४ घण्टामा ज्यान गुमाएका छन् । सयुंक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजार नयाँ संक्रमित थपिएका छन् । विज्ञहरुले अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या २ करोड पुगेको अनुमान गरेका छन् ।

यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या अमेरिकापछि बढी छ । ब्राजिलमा १२ लाख ८० हजार ५४ जनामा कोरोना संक्रमण देखिएको छ भने पछिल्लो २४ घण्टामा मात्र ४६ हजार ९ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ब्राजिलमा हालसम्म ५६ हजार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो अपडेट अनुसार रसियामा कोरोना संक्रमितको संख्या ६ लाख २० हजार पुगेको छ । रसियामा ८ हजार ७ सय जना संक्रमितले ज्यान गुमाएका छन् भने ३ लाख ८४ हजार संक्रमित निको भइसकेका छन् ।

एसियाली मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ । भारतमा ५ लाख ९ हजार जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म भारतमा १५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ सय ८१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

भारतमा निको भएर घर फर्किनेको संख्या २ लाख ९५ हजार पुगेको छ ।

युरोपेली देशमध्ये रसियामा सबैभन्दा धेरै संक्रमित देखिएका छन् । यस्तै बेलायत, स्पेन, इटली, जमनी र फ्रान्समा पनि कोरोना संख्या धेरै छ ।

युरोपेली मुलुकमा २३ लाख ८८ हजार ६ सय ९४ जनामा कोरोनाको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ सय बढीले ज्यान गुमाएका छन् । यी मुलुकहरुका १३ लाख २६ हजार ७ सय ३३ जना निको भएर घर फर्किएका छन् भने १ लाख ९० हजारले ज्यान गुमाएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमध्ये सधैभन्दा प्रभावित मुलुक सयुंक्त राज्य अमेरिका देखिएको छ । त्यसपछि मेक्सिको र क्यानडामा पनि संक्रमितको संख्या धेरै देखिएको छ ।

मेक्सिकोमा २ लाख बढीमा कोरोना संक्रमण देखिएको छ भने क्यानडामा १ लाख बढीमा कोरोना पुष्टि भएको छ ।

उत्तर अमेरिकी मुलुकमा २९ लाख ६९ हजार ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा ५७ हजार बढीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा यी मुलुकका १ हजार ४ सय जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

एसियाली मुलुकमा सबैभन्दा बढी संक्रमित देखिएको देश भारत हो । भारतपछि इरान, पाकिस्तान, टर्की, साउदी अबर र बंगलादेशमा पनि कोरोना संक्रमितको संख्या उच्च छ ।

यो समाचार तयार पार्दासम्म एसियाली मुलुकमा २१ लाख १८ हजार जनामा कोरोना संक्रमण देखिएको छ भने पछिल्लो २४ घण्टामा ४५ हजार ५ सय जना संक्रमित थपिएका छन् ।

एसियाली मुलुकमा ५२ हजार संक्रमितले ज्यान गुमाइसकेका छन् । यस्तै १३ लाख ७१ हजारभन्दा बढी निको भइसकेका छन् ।

यस्तै दक्षिण अमेरिकी मुलुकमा २० लाख ४९ हजार जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने पछिल्लो २४ घण्टामा थप ६३ हजारमा जनामा कोरोना पोजेटिभ देखिएको छ ।

नेपालमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । शुक्रवार साँझसम्मको अपडेट अनुसार नेपालमा ११ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनालाई जितेर २ हजार ६ सय ९८ जना नेपाली घर फर्किएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group