काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल खेलिरहेको दाबी गर्नुभएको छ ।
खेलमा नेपालका नेताहरू पनि लागेको समेत उहाले दावी गर्नुभयो । मदन भण्डारी फाउण्डेसनले शनिबार बालुवाटार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘तपाईहरुले पनि सुन्नु भएको हुन्छ, हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ, भारतका मिडिया सुन्नु भएको होला । भारतका बौद्धिक बहसहरु सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ ‘।’ आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवहन सन्धि गरे लगतै उहाले स्मरण गराउनु भयो । अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको उहाँले बताउनुभयो ।
उहाले भन्नुभयो नेपालकै नेताहरु लागेका छन् । बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन ।’ ‘चीनतिर सम्झौता गरेर फर्किएपछि सरकार ढलेको थियो किनभने हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान सशोधन भयो, नक्सा जारी भयो । बाहिर भन्न नसक्ने तरभित्रभित्र यस्तो अपराध गर्ने केपी ओलीलाई ‘। यहाँका होटलहरुमा भइरहेका गतिविधिले पनि देखाइरहेको छ । दूताबासको सक्रियताले पनि देखाउँछ ।
’ तर प्रधानमन्त्रीलाई हटाउने सपना पुरा नहुने समेत उहाले बताउनुभो । नेपालको आजको रााष्ट्रियता यति कमजोर छैन, कसैले नसोचे पनि हुन्छ ‘ प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताउदै आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताउनुभयो । उहाले भन्नुभयो ‘किनकी भोलिपल्ट बर्खास्त हुन्छ । त्यसकारण मैले आजका लागि होइन, भोलिका लागि । आफ्ना लागि होइन, देशका लागि थिती बसाल्न खोजेको हो ‘। यसैले हाम्रो पार्टी र संसदीय दल यस्तो बहकावमा नलाग्ने उहाले आग्रहगर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्