ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी प्रसिद्ध पत्रिका न्यूजविकमा अन्तर्वार्ता प्रकाशित हुने मदन भण्डारी पहिलो नेपाली राजनीतिज्ञ , अन्तर्वार्ताको पूर्ण पाठसहित


एबीसी न्यूज
१४ असार २०७७, आइतबार   ४ : ५१   बजे


काठमाडौं । आज जननेता मदन भण्डारीको ६९ औं जन्म जयन्ती हो । नेपाली राजनीतिक करिस्म्याटिक लिडर भण्डारीको सुनियोजित षडयन्त्रमूलक ढंगले २०५० जेठ ३ गते जीप दुर्घंटनामा पारेर हत्या गरिएको थियो । तर भण्डारीका विचार र पार्टी संगठनको कार्यशैलीका कारण आम जनता र नेपालको वाम लोकतान्त्रिक अन्दोलनमा सधसैं स्रमणयोग्य नेताका रुपमा जनताका मनमा बस्न सफल भएका छन् । भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा हामीले सन् १९९१ मा अमेरिकाको प्रसिद्ध पत्रिका न्युजविकले नेपालमा कार्ल माक्स जिवित छन् भन्ने शिर्षककज प्रकाशित अन्तर्वार्ता आम पाठकमाझ पुन प्रकाशित गरेका छौं । यही अन्तर्वार्तामा मदनले व्यक्त गरेको बाटोमा वर्तमान नेकपा छ त रु भन्ने गम्भीर सवाल बुझ्न पनि यो अन्तर्वार्ता उपयोगी हुनेछ ।

अरु देशमा त कम्युनिष्टहरु असफल भइरहेका छन् । यस्तो परिस्थितिमा तपाईहरु सफल हुन्छौं भनेर कसरी सोच्नुहुन्छ ?

– कम्युनिज्मको मुल लक्ष्य समाजबाट शोषण, अन्याय, भ्रष्टचारजस्ता कुराहरुलाई निमूल गर्नु हो । यसका नीतिहरुलाई लागु गर्ने कुरामा विगतमा केही गल्तीहरु भए पनि यसको मतलब कम्युनिस्ट सिद्धान्तको लक्ष्य नै असफल भएको होइन । हाम्रो पार्टीको सन्र्दभमा प्रजातन्त्रको स्थापनाप्रति हामी प्रतिवद्ध छांै र जनादेश प्राप्त भएपछि मात्र सत्तामा जाने छौं ।

– तपाईसंग उत्तर कोरियाका नेता किम इल सुङका कितावहरु रहेको देखियो किम इल सुङका बारेमा तपाईको के धारणा छ रु
उहां एउटा सफल कम्युनिष्ट नेता हुनुहुन्छ, जस्ले आफ्नो देशको क्रान्ति र विकासमा योगदान पुर्याउनु भएको छ । उहाँको विचारधारालाई पछ्याउनै पर्छ भन्ने छैन ।

माओका रचनाहरु बारे नि ?

हाम्रो ग्रामीण युवाहरु चिनियाँ आन्दोलनको इतिहास पढ्दै हुनुहुन्छ र उहाँहरु त्यसैबाट सिक्दै हुनुहुन्छ ।
नेपालको कम्युनिष्ट पार्टीलाई चीन, सोभियत संघ र उत्तर कोरियाका कम्युनिष्ट पार्टीहरु लसंग कुनरुपमा तुलाना गनुहुन्छ रु
ति सवै कम्युनिष्ट पार्टीहरु मुक्ति, समानता र न्यायमा आधारित नयाँ समाजको स्थापनामा संलग्न छन् । ती देशका कम्युष्निट आन्दोनलहरु विभिन्न ढंगले अगाडी बढेका छन् । चीनमा सशस्त्र संघर्षबाट नै उनीहरु मुक्त भए । तर नेपालमा यतिवेला हामी शान्तिपूण आन्दोलमा छौ । चीन र उत्तर कोरियाले विदेशी प्रभुत्व र आक्रमण भोगेका थिए । हामी पनि विदेशी आक्रमण, साम्राज्यवाद र क्षेत्रिय प्रभुत्वको विरुद्ध आवाज उठाई रहेका छौं ।

केही गैरकम्युनिष्टहरु भन्छन् तपाई चीन र भारतका कम्युनिष्ट पार्टीहरुबाट आर्थिक सहयोग प्राप्त गर्नु भएको छ ?

यो झुट हो । चीन होस् या उत्तर कोरिया, अथवा भारतका कम्युनिष्ट पार्टीहरु नै किन नहोस् । हामीले कसैसंग आर्थिक या भौतिक सहयोग मागेका पनि छैनौं र पाएका पनि छैनौं । यस्तो आरोप हामीलाई हाम्रा तिनै विरोधीहरुले लगाएका छन् । जो चाहीं वास्तवमा विदेशी मुलुकबाट सहयोग पाइरहेका छ्रन् ।

जातियता र धार्मिक स्वतन्त्रता बारे तपाईको धारणा के छ ?

हामी विभिन्न जातीहरुमाझ रहेको सामाजिक विभेदलाई अन्त्य गर्न चाहन्छांै । तर विभिन्न जातीको संस्कृति, परम्परा र धर्मको हामी सम्मान गछौ । केही बुढापाकहरुमा अझै पनि चर्को भावना रहेको पाईन्छ । त्यस्का विरुद्ध पनि हामी शक्ति प्रयोग गर्न चाहदैनौं । उनिहरुको अन्तस्करणमा रहेको जातिय विभेदको भावनालाई हटाउन उनिहरुलाई शिक्षा दिक्षा दिने प्रयत्न गर्ने छौं । तल्लो जातकालाई अपमानित गर्ने अधिकार कसैलाई हुनुहुन्न भने माथिल्लो जातको अगाडी कोही निउरिनै पर्छै भन्ने पनि छैन । हामी चाहान्छौ राज्य धर्म निरपेक्ष होस् । जहाँ प्रत्येकले आफ्नो धर्म अंगाल्न सक्ने छन् । राष्ट्र सवै धर्मप्रति तटस्थ रहने छ ।

देशका भुमिपतिहरुप्रति तपाईको ब्यवहार कस्तो रहने छ ?

हामी भुमिपतिहरुबाट जमिन लिने छौं र जोताहहरुलाई दिने छौं । यो काम हामी शान्तिपूर्ण तरिकाले गछौं । र विना मुआब्जा जमीन खोस्दैनौ यदि भुमिपतिहरुले यसलाई स्वीकार नगरेमा उनिहरुप्रति शक्ति प्रयोग गर्न बाध्य हुने छौं ।

मुआब्जाको रकम काँहाबाट ल्याउनु हुन्छ ?

जमिनको स्वामित्व लिन चाहने किसानहरुबाटै हामी त्यो रकम जम्मा गर्छौं । ९ आवश्यक भएमा० सरकारी राजश्व र सरकारी स्वामित्वका उद्योग धन्दाहरुको शेयरबाट पूर्ति गरिने छ । नगदको कमीलाई हटाउन मुआब्जा किस्ता बन्दीमा भुक्तानी गरिने छ ।

सामुहिकरणको पक्षमा हुनुहुन्छ ?

यो विचारलाई लागु गर्दा शक्ति प्रयोग गरिने छैन तर जनताको सेवाका लागि नमुना सहकारीहरुको स्थापनार्थ प्रोत्साहित गरिनेछ ।

कम्युनिष्टहरुले बहुमत पाएको अवस्थामा नेपालका लागि विदेशी सहयोग बन्द हुन सक्ने कुराबाट चिन्तित हुनुहुन्छ कि?

कम्युनिष्ट सरकार आउने वित्तिकै विदेशी सहयोग बन्द गरिनुपर्ने कुनै कारण छैन । यद्यपि हामी हाम्रो देशको स्वाधिनता, स्वतन्तत्रा गरिमा र सार्वभौकिताको मूल्यमा विदेशी सहयोग माग्ने पक्षमा छैनौ । हाम्रा लागि यि कुृराहरु विदेशी सहयोग भन्दा धेरै महत्वपूर्ण छन् ।

भारतको सवालमा तपाई कस्तो विदेश नीतिको वकालत गर्नुहुन्छ ?

विगत भारतसंग केही असमान र अपमानजनक सन्धीहरु भए । हामी ति सन्धीहरुको संसोधन गर्ने छौं र नविकरण गर्ने प्रयात्न गर्ने छौ । हामी चीन र भारत दुवैसंग उत्तिकै राम्रो सम्वन्ध राख्न चाहन्छौ । हामी चीनमुखि पनि हुन चाहंदैनौ , भारतमूखि पनि हुन चाहंदैनौ ।

जुनवेला नेपाली जनता राजतन्त्रविरुद्ध अघि बढिरहेका थिए त्यहिवेला अन्य धेरै मुलकका जनता त्यहांका कम्युनिष्ट शासकहरुका विरुद्ध उठिरहेका थिए, यदि यहाँ त्यस्तो भयो भने के गर्नुहुन्छ ?

हामी सत्तामा जब हुन्छौं त्यसवेला त्यस्ता विरोध प्रर्दशनहरु हुने छैनन् तरपनि वेला असामाजिक तत्वहरुले समाजमा अस्थिरता फैलाउन प्रत्यन गर्ने छन् । त्यस्तोमा हामी राज्य शक्ति प्रयोग गर्ने छैनौं । जनतालाई नै परिचालित गर्ने छौं । यदि असामाजिक तत्वहरुले हामी विरुद्ध प्रर्दशन गरेमा हामी पनि हाम्रो पक्षमा प्रर्दशन गर्न जनतालाई आह्वान गर्ने छौ तर प्रहरी शक्तिको प्रयोग गर्ने छैनौ ।

(अमेरिकी प्रसिद्ध पत्रिका न्यूजविकको मे २७ १९९१ को अंकमा उक्त अन्तरवार्ता प्रकाशित भयो । सम्भवत न्यूजविकमा अन्तवार्ता प्रकाशित हुने उहाँ पहिलो नेपाली राजनीतिज्ञ हुनुहुन्छ । न्यूजविकका मिकेल लिट्विनले कमरेड भण्डारीसंग लिएको उक्त अन्तवार्तालाई नेपालीमा अनुवाद शार्दूल भट्टराईले गर्नु भएको हो, मदन भण्डारी संकलित रचनाहरु –६ बाट लिएको हो ) ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group