ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनमन्त्रालयले विभिन्न स्रष्टालाई पुरस्कृत गर्ने


एबीसी न्यूज
१५ असार २०७७, सोमबार   ३ : ५९   बजे


काठमाडौं, १५ असार ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधाका स्रष्टालाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ । मन्त्रालयले आइतबार भएको मन्त्रिस्तरको निर्णयबाट राजनीतिक तथा सांस्कृतिक परिवर्तन, भाषा, साहित्य, संस्कृति र नाटक विधामा पुरस्कृत हुने व्यक्तिलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

सो अन्र्तगत समाज सुधार अभियान विधा तर्फ २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार जाजरकोटका नवराज विकलाई मराणोपरान्त दिने निर्णय गरिएको छ । विकको गत जेठ १० गते हत्या भएको थियो ।

त्यसैगरी २०७६ सालको साहित्य, संस्कृति र विज्ञान विधातर्फको पुष्पलाल राष्ट्रिय पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको छ । यो आविष्कार केन्द्रका संस्थापक महावीर पुन हुनुहुन्छ । त्यस्तै, संस्कृति विधा तर्फको राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ र भाषा साहित्य विधा तर्फ महाकवी लक्ष्मीप्रसाद देवकोटा पुरस्कार भैरव रिसाललाई दिने निर्णय भएको छ । नाटक विधातर्फ गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार वरिष्ठ साहित्यकार अभि सुवेदीलाई दिने निर्णय गरेको छ । यी सबै पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।

यसबाहेक संस्कृति, भाषा, ललितकला, सङ्गीत तथा नाट्य गरी चारै विधामा एक एक जनालाई जनही रु एक लाख राशिको राष्ट्रिय प्रतिभा पुरस्कार र ती प्रत्येक विधामा सात–सात जनालाई जनही रु ५० हजार राशिको प्रादेशिक प्रतिभा पुरस्कार पनि घोषणा भएको मन्त्रालयले जनाएको छ ।

महाकवी देवकोटा पुरस्कार भाषा, सहित्य विधासहित कविता, निवन्ध, गद्याख्यान÷नाटक र वालसहित्य÷लोकसाहित्य गरी पाँच विधामा पाँच स्रष्टालाई दिने निर्णय भएको छ । गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटकसहित कविता विधामा एक जनालाई, पुष्पलाल राष्ट्रिय पुरस्कार साहित्य, संस्कृति र विज्ञानसहित राजनीतिक र सैद्धान्तिक तथा इतिहास गरी तीन विधामा तीनजनालाई र भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार समाज सुधार अभियानसहित मानवअधिकार र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धान गरी तीन जानलाई दिने निर्णय भएको छ । यी प्रत्येक पुरस्कारको राशि जनही  एक लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे

ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu