ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवतीलाई निर्वस्त्र बनाइ एक्सरे गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ


एबीसी न्यूज
१५ असार २०७७, सोमबार   ६ : १८   बजे

काठमाडैं, १५ असार । १९ वर्ष कि एक युवती  एक्सरे गर्न दाङको एक निजी अस्पतालमा जाँदा उनलाई पुरै कपडा खोलेर नाङ्गो बनाइ एक्सरे गराएको आरोपमा अस्पतालका स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीको प्रहरी टोलिले पक्राउ गरेको हो ।

छातीको एक्सरे गर्न पुगेकी युवतीलाई निर्वस्त्र पारेर एक्सरे गरेको आरोपमा बबइ गाउँपालिका वडा न ५ का २२ वर्षीय नवराज डाँगी पक्राउ गरेको प्रहरीले बताएको छ । घोराही लुहासुरस्थित गोर्खा हस्पिटलमा उनी एक्सरेका लागि गएकी थिइन । उनलाइ अस्पतालका एक्सरे गर्ने युवाले एक्सरे गर्दा पुरै कपडा खोल्नु पर्छ भनेर जवरजस्ती कपडा खोल्न लगाएको ती युवतीले बयान दिएकी छन् । युवतीले अस्पतालमा भएको कुराकानी परिवारसंग बताएपछि उनका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

अस्पतालमा एक्सरे गराउन गएकी महीलालाईसंवेदनशिल अंग पनि नाङ्गो गराएर एक्सरे गराएको भन्दै प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले बताए । घोराही १ कि १९ वर्षिया ती युवतीले अस्पतालमा काम गर्ने टेक्निसियनले आफुलाई दुव्र्यवहार गर्न खोजेको भन्दै उजुरी दर्ता गराएपछि डाँगीलाई पक्राउ गरिएको हो ।

अहिले घटनाको थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक दिनेश रिमालले बताए । अस्पतालमा अहिले पुरै शरीर नाङ्गो बनाएर एक्सरे गरादा रहेछन् है भनेर ती युवतीले आफन्तलाई भनेपछि घटना सार्वजनिक भएको हो । सार्वजनिक भए लगतै प्रहरीले एक्सन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu