ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीका एक हजार एक सङ्क्रमित निको भएर घर फर्के


एबीसी न्यूज
१५ असार २०७७, सोमबार   १० : ०७   बजे


सुर्खेत, १५ असार ।  पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । दिनहुँजसो दर्जनौँ सङ्क्रमित निको भएर घर जान थालेका छन् । जेठ १० गते यता दिन दुईगुणा रात चौगुणाले भारतबाट आएका नागरिकमा कोरोना सङ्क्रमण पुष्टि हुँदै जाँदा कर्णालीका नागरिकमा आतङ्क फैलिएको थियो । असार १३ गते यता कोरोना सङ्क्रमित हुनेभन्दा जितेर घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेपछि कर्णालीवासीको अनुहारमा खुशी छाउन थालेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरडिटी पिसिआर परीक्षणमा आज रुकुमपश्चिमका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भए पनि आजै यो प्रदेशका विभिन्न आइसोलेशन सेन्टरबाट ४५ सङ्क्रमितले कोरोना जितेर घर फर्केको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । निको हुनेमा ४१ पुरुष र चार महिला रहेको उहाँले बताउनुभयो ।

आज दैलेख अस्पतालको आइसोलेशनबाट १७, सालकोट आइसोलेशन सुर्खेतबाट १४, प्रदेश अस्पताल सुर्खेतबाट छ, गुराँस आइसोलेशन दैलेखबाट छ र लेकबेंसी आइसोलेशन सुर्खेतबाट दुई जनाले कोरोना जितेसँगै कर्णालीमा कोरोनामाथि विजय गर्नेको सङ्ख्या एक हजार एक पुगेको महाशाखा प्रमुख डा तिवारीले जनाउनुभयो । “अहिलेसम्म कोरोना सङ्क्रमण देखिएका सबै व्यक्तिको अवस्था सामान्य छ र कुनै लक्षण देखिएको छैन”, उहाँले भन्नुभयो, “सङ्क्रमित सबै चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा छन् ।”

उहाँका अनुसार प्रदेश सरकारले सङ्क्रमितलाई मेडिकल उपचारका साथै योग ध्यान तथा विभिन्न खाले शारीरिक व्यायाम गराउने कामसमेत गरेको छ भने प्रदेश आयुर्वेद औषधालयले १० जिल्लाका सङ्क्रमितलाई रोग प्रतिरोधात्मक औषधि वितरण गरिरहेको छ । अब कर्णालीमा ४२६ जना कोरोना सङ्क्रमित मात्र निको हुन बाँकी रहेका छन् । कूल सङ्क्रमित सङ्ख्याको ७० प्रतिशत निको भएर घर फर्केको र बाँकी ३० प्रतिशतको अवस्था सामान्य रहेको मन्त्रालयलको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group