काठमाडौं, १८ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने बामपन्थी सरकार स्थायी हुने भएकाले विकासको लहर छाउने बताउनुभएको छ ।
स्थायी सरकारले पाँच वर्षभित्रमा भारत र चीनबाट काठमाण्डौमा रेल ल्याउने दावी गर्नुभएको छ । स्थिर सरकारले आन्तरिक तथा बाह्रय लगानीको बातावरणको सुनिश्चित गर्ने भएकोले विकासले तीव्र गति लिने ओलीले बताउनुभयो । भावी सरकारको योजना लगानीको अवसर र सुनिश्चितता गर्ने भएकोले मुलुक समृद्ध तिर जाने ओलीको भनाइ छ ।
देउवा सरकारले वैदेशिक सहयोग तथा लगानी लिन नसकेकोले नयाँ सरकारले सहयोग तथा लगानी भित्र्याउने दावी गर्नुभयो । वैदेशिक तथा आन्तरिक लगानी जुटाएर १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने ओलीको योजना छ । लगानी भए अवसरको श्रृजना हुने भएकोले आन्तरिक रोजगारीमा अभिवृद्धि गर्न सकिने उहाको विश्वास छ ।
ओलीले अहिलेको सकारले अमेरीकाले दिएको ५ खर्व , भारतले दिएको १ खर्व, चीनलगायत अन्य देशले समेत दिएको सहयोग रकम लिन नसकेको बताउदै भावी सरकारले वैदेिशक अनुदान कम ब्याजदरमा भित्राएर ठुला ठुला आयोजना निर्माण गरि नेपालको परनिर्भरताको अर्थतन्त्रमा व्यापक सुधार ल्याउन योजना रहेको समेत प्रस्टाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्