ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमालय एअरलाइन्सको चिनियाँ बहुर्राष्ट्रिय कम्पनीसँग सहकार्य


एबीसी न्यूज
१६ असार २०७७, मंगलबार   ९ : २८   बजे

काठमाडौं, १६ असार ।  हिमालय एअरलाइन्स् र हुवावे क्लाउड, चिनियाँ बहुर्राष्ट्रिय प्रविधिकम्पनीबीच रणनीतिक सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सूचना र सञ्चार प्रविधि सेवाप्रदायक क्षेत्रमा विश्वव्यापी रुपमा अग्रणी स्थानओगटेको हुवावेले हिमालय एअरलाइन्स्को सेवालाई अझ सक्षम र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ । सूचना तथा सञ्चार प्रविधि ९आइसिटी० का उपज र समाधानका उपायबाट अधिकत्तम लाभ लिन सेवामार्फत यात्रुलाई उत्कृष्ट टिकेटिङ विकल्प र यात्रा अनुभव प्रदानगर्ने विश्वास लिइएको छ ।

कम्पनीलाई दक्षिण एशियाको एक अग्रणी वायुसेवाको रुपमा स्थापित गर्ने अवसर सिर्जना गर्दै ठोस परिणाम प्राप्तगर्न यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई सञ्जाललाई प्रवद्र्धन गर्ने कम्पनीले अपेक्षा गरेको छ ।

कार्यक्रममा भर्चुअल माध्यममार्फत नेपालका लागि चीनका आर्थिक तथा वाणिज्यदूत झाङ्गफ्यान, तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङपिङ र हुवावे टेक्नोलोजी क्लाउड र एआई व्यावसायिक समूह–एशिया प्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीनको उपस्थिति रहेको थियो । सम्झौतामा हिमालय एअरलायन्स्का अध्यक्ष झोउइन्योङ र हुवावे टेक्नोलोजिज् नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत डेङ शुइजेनले हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा काउन्सिलर झाङ फ्यानले महामारीपश्चात्को अन्तर्राष्ट्रिय उड्डयन, अन्तर्राष्ट्रिय सञ्चार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य ९बीआरआई० का नयाँ चुनौती र परिस्थितिलाई सामना गर्न सम्झौता सान्दर्भिक हुने बताउनुभयो ।

तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङपिङले तिब्बत क्षेत्रका लागि दक्षिण एशियासँग महत्वपूर्ण उड्डयन सम्पर्क स्थापना गर्न हिमालय एअरलाइन्स्ले योगदान पु¥याएको स्पष्ट पार्नुभयो ।

हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ इन्योङले हुवावेसँगको सहकार्यले कम्पनीको डिजिटल रुपान्तरण, टिकेटिङ र यात्रुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गति दिई नेपालको सम्पूर्ण नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने विश्वास प्रकट गर्नुभयो ।

सम्झौताअनुरुप आपसी लाभ र साझा विकास प्राप्त गर्ने उद्देश्यका साथ हिमालय र हुवावेले आइसिटी प्रविधि ९हुवावे क्लाउड र एआई० मा सहकार्य गर्नेछ । यसमा विद्यमान आइसीटी प्रविधि उपकरणको मर्मत, व्यवसाय इन्टेलिजेन्स प्रणालीको विकास, हिमालयको बिक्री तथा वित्त प्रणालीका लागि क्लाउड प्लाट फर्मको निर्माण गर्नेलगायतका कार्य पर्ने कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे

ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu