ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कोरोना संक्रमित बढेको बढ्यै, कुन राज्यमा कस्तो ?


एबीसी न्यूज
१७ असार २०७७, बुधबार   ६ : ५०   बजे

काठमाडौं, १७ असार । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसले पछिल्लो समयमा भारतको स्थिति पनि भयावह बन्दै गएको छ ।

भारतमा पछिल्ला केही दिनदेखि निरन्तर रुपले कोरोना भाइरस संक्रमितको दर बढिरहेको छ । मंगलबार १८ हजार २५६ जना संक्रमित फेला परेका छन् । यसअघि सोमबार १८ हजार ३३९ जना र आइतबार २४ घण्टामा सबैभन्दा बढी १९ हजार ६२० संक्रमित थपिएका थिए । मंगलबार विहान सम्ममा भारतमा कोरोना संक्रमितको संख्या पाँच लाख ८५ हजार ७९२ पुगेका छन् ।

निको हुने पछिल्लो २४ घण्टामा १२ हजार ५६५ पुगेका छन् । अहिलेसम्म निको हुने ३ लाख ४७ हजार ८३९ पुगेको छ ।

निको हुनेको संख्या सक्रिय संक्रमित भन्दा बढी भएकाले अवस्था सन्तोषजनकै रहेको बताइएको छ । हाल सक्रिय संक्रमित २ लाख २० हजार ४७७ जना रहेका छन् ।

मृतकको संख्या १७ हजार ४१० पुगेको छ । पछिल्लो २४ घण्टामा ५०६ मृतक थपिएका छन् । यो दोस्रो उच्च हो । अहिलेसम्म एकै दिन २ हजार ४ जनाको मृत्यु भएको थियो । त्यसपछि मंगलबारको संख्या दोस्रो हो ।

कुन राज्यमा कस्तो ?

महाराष्ट्र सबैभन्दा पीडित बनेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८७८ जना संक्रमित थपिएका छन् । संक्रमित १ लाख ७४ हजार ७६१ पुगेको छ । मृतक २४५ थपिएर ७ हजार ८५५ पुगेको छ ।

तमिलनाडुमा ३ हजार ९४३ थपिएर ९० हजार १६७ पुगेको छ । मृतक ६० थपिएर १ हजार २०१ पुगेको छ ।

दिल्लीमा २ हजार १९९ नयाँ संक्रमित थपिएर ८७ हजार ३६० पुगेका छन् । मृतक ६२ थपिएर २ हजार ७४२ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group