ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेरुसेलमबारे ट्रम्पको कदम रोक्न प्यालेष्टाइनले कुटनैतिक दवाव दिने


admin
१८ मंसिर २०७४, सोमबार   ११ : ४५   बजे

प्यालेष्टाइन,१८ मंसिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने कदम अगाडि बढाउँने तयारी गरेको भन्दै यस विरुद्ध कुटनैतिक रुपमा समर्थन जम्मा गर्न प्यालेष्टिनी नेताहरूले आइतबार प्रदर्शनको तयारी गरेका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने बिषयलाई आगामी बुधवार घोषणा गर्ने तयारी रहेको र अमेरिकी राजदूतावासलाई जेरुसेलम सार्नेबारे आगामी सोमबारसम्म निर्णय लिनसक्ने बताएका छन् ।

यसलाई लिएर प्यालेष्टिनी राष्ट्रपति महमद अब्वासले विश्व नेताहरूसँग फोनमार्फत् सल्लाह गरिरहनुभएको राष्ट्रपतिका कुटनीतिक सल्लाहकार माज्दी अल खालिदीले एएफ्पीलाई बताउनुभयो । राष्ट्रपतिले अहिलेसम्म फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्राँे, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, अरब लिग तथा अर्गनाइजेसन अफ इश्लामिक कोअपरेसनका सदस्यसँग छलफल गरिसक्नुभएको खालिफीले बताउनुभयो ।

सूचना तथा सस्ंकृति विभागका प्रमुखसमेत रहनुभएकी आश्रावीले अमेरिकाले राजदूतावासलाई जेरुसेलम सार्ने कदमले समग्र यस क्षेत्रमा अस्थिरता निम्त्याउने, शान्ति प्रक्रियालाई खल्बलाउने, यस क्षेत्रमा अमेरिकी भूमिकालाई अयोग्य सावित गर्ने तथा अतिवादको नयाँ लहर सिर्जना गर्ने भनी शनिबार उक्त तयारीबारे विरोध जनाउनुभएको थियो ।

“मलाई विश्वास छ यस्तो कदम कसैले पनि लिने छैन । यो कदम अत्यन्तै गैरजिम्मेवार तथा खतरनाक सावित हुनेछ,” उहाँले भन्नुभयो । “राजदूतावास सार्ने कदम एकदम खतरनाक हुनेछ र धार्मिक बिषयका रूपमा उदाउने छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu