ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना अपडेट : संक्रमितको संख्या १ करोड ७ लाख नाघ्यो , मृतकको संख्या ५ लाख १८ हजार पुग्यो


एबीसी न्यूज
१८ असार २०७७, बिहिबार   ७ : ०८   बजे


काठमाडौं, १८ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा पाँच लाखभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार संसारभरि मृत्यु भएकाहरुको संख्या पाँच लाख १८ हजार ४४ पुगेको छ ।

विश्वभरमा हालसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५९ लाख ३० हजार २२ पुगेको छ भने कुल सङ्क्रमितको संख्या १ करोड ७ लाख ९२ हजार पुगेको छ । संसारभरका २ सय १५ मुलुकमा कोरोना भाइरस देखिएको छ ।

पछिल्लो २४ घण्टामा संसारभर १ लाख ९५ हजार ७ सय ८९ जना संक्रमित थपिएका छन् ।

कुल सङ्क्रमितहरूमध्ये सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । यो समाचार तयार पार्दासम्म अमेरिकामा २७ लाख ७८ हजार १ सय ४३ जना सङ्क्रमित पुगेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ५० हजार २ सय ९० जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणपछि अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३० हजार ७ सय ८८ पुगेको छ ।

कोरोनाबाट दोस्रो धेरै प्रभावित हुने देशमा अहिले ब्राजिल छ । केही समयअघिसम्म प्रभावितको सूचीमा पछाडि रहेको ब्राजिलमा अहिले तीव्र रुप्मा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ४४ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

ब्राजिलमा हालसम्म १४ लाख ५३ हजार ३ सय ६९ जना सङ्क्रमित भएका छन् भने ६० हजार ७ सय १३ ले ज्यान गुमाएका छन् ।

त्यसैगरी तेस्रो धेरै प्रभावित भएको राष्ट्र रुसमा ६ लाख ५४ हजार ४ सय ५ जना सङ्क्रमित हुँदा ९ हजार ५ सय ३६ जनाको मृत्यु भएको छ ।

सङ्क्रमितहरुको संख्याका आधारमा चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौंमा पेरु, आठौँमा चिली, नवौँमा इटली र दशौँमा इरान रहेका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ५ हजार २ सय २० पुगेको छ । यस्तै भारतमा बिहीवार बिहानसम्म मृत्यु हुनेको संख्या १७ हजार ८ सय ४८ पुगेको छ भने पछिल्लो २४ घण्टामा १९ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

। नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४८२ जनामा संक्रमण देखिएको हो। आज थपिएका ४८२ सहित नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १४६२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ४६५६ पुगेको छ। कुल संक्रमितमध्ये ३० जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu