काठमाडौं, १८ असार । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् ।
नयाँ थपिनेमा स्याङ्जाका २ जना, बाग्लुङका १ जना, तनहुँका ३ जना र पर्वतका २ जना रहेका छन् ।
सङ्क्रमित सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित एक हजार १४ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्