ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिंसापीडित महिला राख्न ‘सेफहाउस’ माग


एबीसी न्यूज
१८ असार २०७७, बिहिबार   १० : ४९   बजे

लम्की, १८ असार । घरेलु हिंसामा परेका महिलालाई ‘सेफहाउस’ आवश्यक रहेको कैलालीको टीकापुरका महिलाले माग गरेका छन् । टीकापुरमा भएको एक कार्यक्रममा अगुवा महिलाले हिंसामा परेका महिलालाई सुरक्षित राख्न धनगढी वा महेन्द्रनगर पठाउनुपरेकाले स्थानीय तहले सेफहाउस निर्माण गर्नुपर्ने माग गरेका हुन् ।

नारी विकास समाजका अध्यक्ष कल्पना उपाध्यायले बर्सेनि करोडौँ खर्च गर्ने पालिकाले महिलाका लागि सुरक्षित घर निर्माणमा समेत ध्यान दिनुपर्ने माग गर्नुभयो । उहाँले व्यवस्थित प्रसूतिगृह र महिलाको सीप विकास गर्न व्यावसायिक तालिमको व्यवस्था गर्न नगरपालिकासँग माग गर्नुभयो । नगरपालिकाले सञ्चालन गरेको ‘हाम्री छोरी प्यारी छोरी’ कार्यक्रम, लैङ्गिक समानता तालिम, सासूबुहारी तालिम, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलगायतका कार्यक्रम राम्रा रहे पनि महिलाका लागि भएका केही तालिममा दोहोरोपना भएको, तालिम लिएका महिलाले जानेको सीप प्रयोग नगरेको गुनासो अगुवा महिलाकै छ ।

यसअघिको स्थानीय तहको निर्वाचनमा उपप्रमुखका प्रत्याशी आशा चौधरीले बालविवाह, घरेलु हिंसा, बलात्कारका घटना भइरहेकामा चिन्ता व्यक्त गर्दै यस्ता घटनामा परेका महिलालाई राख्न सुरक्षित आवासगृहको व्यवस्था गर्नुपर्ने बताउनुभयो । अर्का प्रत्याशी कमला केसीले टीकापुर नगरपालिकाले र अन्य गैरसरकारी संस्थाले दिएको तालिममा करोडौं खर्च भए पनि बालुवामा पानी हालेजस्तो भएको गुनासो गर्नुभयो । “अब महिलाका नाममा स–साना बजेट नछरी एकमुष्ट लगानी गर्नुपर्छ”, केसीले भन्नुभयो, “महिलाका लागि औद्योगिक रोजगारी खुल्ने, आत्मनिर्भर हुने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।”

अर्का उम्मेदवार सुदेश्नी चौधरीले विपन्न बस्तीका महिलालाई रोजगारी र बालबालिकालाई शैक्षिक छात्रवृत्तिका साथै खाना र लुगाको समेत व्यवस्था हुनुपर्ने माग गर्नुभयो । नगर उपप्रमुख केशरी रावल विष्टले गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउन निःशुल्क एम्बुलेन्स सेवा दिइरहेको, वडामा हुने तालिम वडा समितिकै छनोट र सिफारिसमा हुने गरेको जानकारी दिँदै सीपमूलक तालिम लिएका ग्रामीण क्षेत्रका महिलाले तरकारी खेती, च्याउखेती, सिलाइ व्यवसाय चलाइरहेको बताउनुभयो ।

नगरप्रमुख तपेन्द्रबहादुर रावलले केही तालिमले महिलालाई स्वरोजगार बनाइरहेको देखिए पनि सबै तालिम लिनेको तथ्याङ्क र उपलब्धि मापन गरिने बताउनुभयो । उहाँले बालबालिकालाई लागुऔषध र मोबाइलको कुलतबाट जोगाउन पनि पहल गरिने बताउनुभयो । प्रमुख रावलले टीकापुर नगरपालिका महिला स्वास्थ्यका विषयमा सचेत भएर नै अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सक राखेको जानकारी दिँदै टीकापुरमा सेफहाउस बनाउन र व्यवस्थित प्रसूतिगृह बनाउन पहल गर्ने बताउनुभयो ।

नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण उपशाखाले यस वर्ष १९ वटा कार्यक्रम रहेकामा सहकारी तालिम, महिला–पुरुष समान हकका लागि जेसी तालिम, सासू–बुहारी अन्तक्र्रिया, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, ३४८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको महिला निरीक्षक सङ्गीता शाहले जानकारी दिनुभयो । उहाँले लकडाउनका कारण बालविवाह, छाउपडी कुप्रथा न्यूनीकरण, बालक्लब अनुशिक्षण, ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका काम हुननसकेको जानकारी दिनुभयो । कार्यक्रममा नगर बाल संरक्षण समितिका सदस्य शिक्षक काशीराम ढुङ्गानाले विद्यालयका अतिरिक्त क्रियाकलाप गर्ने र उनीहरुको नगरस्तरसम्म प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउन सुझाव दिनुभयो ।

वृद्ध सेवा समिति टीकापुरका उपाध्यक्ष कण्ठराज गिरीले ज्येष्ठ नागरिकलाई दिवासेवा र कम्बल वितरणमा १ नं वडा कार्यालयबाट सहयोग भए पनि नगरपालिकाबाट सहयोग नपाइएको गुनासो गर्नुभयो । “वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकले बैंकमा लाइन लाग्दा साह्रै कष्ट भएको छ । अरु बैंकलाई पनि थप गरी सहज बनाउन अनुरोध छ”, गिरीले भन्नुभयो, “ज्येष्ठ नागरिकले पाएको भत्ता संरक्षकले लुट्ने गरेका छन् तर ज्येष्ठ नागरिकको सेवा गरेको देखिँदैन ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group