ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष ओली – प्रचण्ड बीच आज पनि वार्ता


एबीसी न्यूज
२२ असार २०७७, सोमबार   ९ : १७   बजे


काठमाडौं, २२ असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच आज र्वार्ता हुँदै छ ।

पछिल्लो समय पार्टी भित्र देखिएको चर्को मतभेद सुल्झाउने भन्दै कमिटी बैठक बिहीबारदेखि स्थगित गर्दै निकास खोज्ने प्रयासमा लागेका अध्यक्षद्वय आज पनि वार्तामा बस्न लाग्नु भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटरमा झण्डै डेढ घण्टा भएको वार्ता सकारात्मक भएको भनिए पनि कुनै निष्कर्षमा नपुगेपछि आज पुनः वार्ता हुन लागेको हो । त्यसका लागि विहान ११ बजेको स्थायी कमिटी बैठकअघि नै सहमतिको प्रयास हुने नेताहरूले बताएका छन् ।

नेकपा स्रोतका अनुसार सोमबार विहान पुनः छलफलमा बस्नुअघि ओली र प्रचण्ड दुवै पक्षका नेता बसेर थप गृहकार्य गर्ने सहमति भएको थियो । सहमतिको खाका तयार गर्न ओली पक्षबाट बिष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मालाई जिम्मा दिइएको हो ।

स्रोतले भन्यो, दुई अध्यक्ष र ईश्वर कमरेड बाहेक वार्तामा सहभागी दुई–दुईजनाले आज सम्म गृहकार्य गर्नुहुन्छ । सहमतिको कुनै विन्दू निस्कन सक्छ भनेरै उहाँहरुलाई सबैसँग परामर्श गरेर एउटा खाका बनाउन भनिएको स्रोतले बताएको छ ।

आइतबारको वार्तामा ओलीले विगतका कमी कमजोरी सच्याउँदै जाने तर सरकार नछाड्ने र पार्टीको सेरमोनियल अध्यक्षको भूमिकामा रहने बताएपछि नेताहरूले त्यसमा सहमतिको विन्दु पहिल्याउन गृहकार्य सुरू गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शिक्षा नियमावली र ३% समता करको विरोधमा निजी विद्यालय आन्दोलित, ६ बुँदे मागसहित सरकारको ध्यानाकर्षण

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

सम्बन्धित

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

चौरजहारीमा ४८ मिटर गहिराइबाट स्वच्छ पानी भेटियो, दीर्घकालीन खानेपानी समाधानतर्फ महत्वपूर्ण उपलब्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu