ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना रोकथाम सूचाङ्क,सार्कका केही देशको तुलनामा नेपाल अगाडि : वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना


एबीसी न्यूज
२२ असार २०७७, सोमबार   २ : ५३   बजे

काठमाडौँ, २२ असार । नेपालमा कोरोना सङ्क्रमडबाट मृत्यु भएकाको तथ्याङ्क विश्लेषण गर्दा जनाको मृत्युदर प्रति दश लाखमा एक रहेको छ । पिसिआर परिक्षण प्रति दशलाखमा आठ हजार ६२५ जनाको गरिएको छ ।

तर छिमेकी मुलुक भारतमा प्रतिदशलाख १४ जनाको मृत्युदर रहेको छ । बंगलादेशमा प्रतिदशलाख १२ जना, श्रीलंकामा पाँच जना र पाकिस्तानमा प्रतिदशलाख २१ जनाको मृत्युदर कायम रहेको छ । नेपालमा भन्दा भारतमा पिसिआर परिक्षण कमजोर रहेको देखिन्छ । त्यहाँ प्रति दश लाख सात हजार ९३ जनाको मात्र परिक्षण भएको छ । त्यस्तै बंगलादेशमा प्रति दश लाख पाँच हजार १५५ जनाको, श्रीलंकामा प्रति दशलाख पाँचहजार १६० जनाको र पाकिस्तानमा छ हजार ३३० जना प्रति दशलाख पिसिआर परिक्षणको दर रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आजदेखि सुरु भएको छैठौ राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सो कुराको जानकारी दिनु भएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्धारा आयोजित यस स्वास्थ्य तथा जन संख्या वैज्ञानिकहरुको छैठौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आफ्नो स्थापनाकालदेखि स्वास्थ्यका विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान द्धारा समग्र स्वास्थ्य क्षेत्रको बिकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भएको छ । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन र प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधाहरुमा अनुसन्धान हुन जरुरी रहेको उहाँले औँल्याउनुभयो ।

परिषदले स्वास्थ्यका महत्वपूर्ण क्षेत्रहरुको पहिचान गरी प्रथमिकताका आधारमा रहेर ती क्षेत्रहरुमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको जानकारी उहाँले दिनुभयो ।

स्वास्थ्यमन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ र आगामि दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र बिकास तथा सुदृढिकरणका लागि स्वास्थ्य मन्त्रालय सदैव तत्पर रहने प्रतिवद्धता मन्त्री ढकालले व्यक्त गर्नुभयो ।
त्यसैगरी अहिलेको कोभिड–१९को महामारीको सम्बन्धमा नेपाल सरकारले निरन्तर रुपमा यसको विरुद्ध खटिरहेको स्पष्ट पार्नुभयो । सुरुवातमा परीक्षणको लागि एउटा मात्रै प्रयोगशाला रहेकोमा अहिले यो संख्या बढाएर २५ पुगिसेको र अझै विस्तार हुने क्रममा रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार नेपाल सरकारले कोभिड १९ को नियन्त्रणका लागि लक डाउन, सामाजिक दूरी, वैज्ञानिक तथ्यमा आधारित जानकारीहरु निरन्तर रुपमा आम जनताको प्रत्यक्ष पहुँचमा पुग्नेगरी प्रवाहगर्ने जस्ता रणनीतिहरु अपनाउँदै आएको छ । साथै प्रभावित व्यक्तिहरुको सुरक्षा र स्वास्थ्य सेवाको समान पहुँचको सुनिश्चितता र मानवीय सिद्धान्तहरुको उच्चतम अभ्यास भएको छ ।

हालसम्म नेपाल सरकारबाट भईरहेको कार्यलाई आमजनताले सहयोग गर्दै आएका र भविष्यमा सरकारको तर्फबाट आवश्यकता अनुसार थप कार्यक्रमहरु गराउँदै जाने योजना लिएको मन्त्री ढकालको भनाइ छ । त्यसका लागि सबैले ऐक्यवद्ध भई एकजुट रुपमा महामारी विरुद्ध लड्न आव्हान समेत गर्नुभयो । हालसम्म विश्वव्यापी रुपमा संक्रमण एक करोड १५ लाख ५६ हजार ७८८ जनामा देखिएको छ । नेपालमा भने १५ हजार ७८४ जना संक्रमित रहेका छन् । यसैवीच
तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ ।

नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तब्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group