काठमाडौं, २२ असार । पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४ जना, ललितपुरमा २० जना र भक्तपुरमा १० जना संक्रमित देखिएका छन्। हालसम्म उपत्यकाका काठमाडौंमा १६१ जना, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना संक्रमित देखिएका छन्।
पछिल्लो २४ घण्टामा देशभर १८० जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ। उपत्यकामा वस्ति घना हुनुका साथै विभिन्न आन्दोलन, जुलुस, धर्ना लगाएका क्रियाकलाप बढ्दै गएपछि कोरोनाको जोखिन दिन प्रतिदिन बढ्दै गएको विज्ञहरुको दावी रहेको छ । पछिल्लो समय लकडाउन खुकुलो बनाउदा विना काम सडकमा मानिसको उस्थिति बाक्लो तथा बाहिर जिल्लाबाट समेत उपत्यका भित्रको संख्यामा बृद्धि भएकाले जोखिम बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्