काठमाडौँ, २२ असार । काठमाडौँस्थित सोल्टी होटल सिल गरिएको छ । सोल्टी होटलमा बस्दै आएका नेपाल वायुसेवा निगमका पाइटल तथा ‘क्रु मेम्बर’लाई कोरोना संक्रमण भएपछि होटल सिल गरिएको हो ।
विदेशका विभिन्न स्थानमा अलपत्र परेका नेपालीलाई स्वदेशमा ल्याउन चार्टर उडानमा खटिएका पाइलट र क्रु मेम्बरलाई सोल्टी होटलमा राख्ने गरिएको थियो ।
स्वास्थ्यकर्मी बाहेक होटलमा रहेका व्यक्ति बाहिर निस्कन र कुनै पनि होटलभित्र प्रवेश गर्न नपाउने महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ । सोल्टी होटलको क्वारेन्टिनमा बसेका निगमका ३ पाइलटसहित १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्