काठमाडौं, २३ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा भित्र पछिल्लो समयमा देखिएको आन्तरिक विवाद अन्त्यका विषयमा दुई अध्यक्षबीच छलफल भएको हो । अध्यक्षद्वयबीचको भेटवार्तापछि अब भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठक बस्ने भएको छ । स्थायी कमिटी बैठकमा बाँकी विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्