ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजस्व चुहावटको आरोपमा मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग


एबीसी न्यूज
२४ असार २०७७, बुधबार   ८ : ४९   बजे

पशुपतिनगर, २४ असार ।  राजस्व चुहावटसम्बन्धी आरोपमा उच्च अदालत इलाम इजलासले झापाको मेचीनगर–१४ मा रहेको साकम्बरी प्रोडक्टको मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग गरेको छ । नाज गुट्खा, प्लेन पराग, पान प्लस र डमरु पराग नाममा गुट्खा उत्पादन गरिरहेको उद्योगमा रु ७३ करोडभन्दा बढी राजस्व चुहावट गरेपछि मालिक रामकृष्ण शर्मा नाम भएका रमेश शर्माका नामबाट चर्चित उद्योगीलाई रु पाँच लाख धरौटी र उद्योगका सुपरभाइजर विष्णुप्रसाद खरेललाई रु ४५ लाख धरौटी माग भएको हो ।

उच्च अदालतको इलाम इजलासमा भएको थुनछेकको बहसमा न्यायाधीशद्वय विष्णुप्रसाद कोइराला र शिवनारायण यादवको इजलासले सो आदेश दिएको हो । अन्तःशुल्क छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले ३६ करोड ५५ लाख ६३ हजार ३३७ रुपैयाँ ४६ पैसा बिगो र त्यति नै जरिवानाको माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।

साकम्बरी प्रोडक्ट, माधव इन्टरप्राइजेज र एसएस इन्टरप्राइजेज नामका तीन वटा फर्म राजश्व चुहावटमा संलग्न रहेको राजश्व अनुसन्धान विभागले ठहर गर्दै छ जनाविरुद्ध मुद्दा चलाएको थियो । तीमध्ये रमेश शर्मा र विष्णुप्रसाद खरेल अदालतमा उपस्थित भएका छन् । साकम्बरीका मुकेश शर्मा, एसएस इन्टरप्राइजेजका सुपरभाइजर सदन सिंह, सिताराम शर्मा र मे १ ज १६०० नम्बरको सवारीधनी आषिश शर्मा भने अदालतमा उपस्थित भएका छैनन् ।

“सूचनाका आधारमा छापा मारेका हौँ”, विभागका महानिर्देशक दीर्घराज मैनालीले भन्नुभयो, “रातभर उत्पादन गरेर बिहानै बजारमा बिक्री गरेको सूचना पाएकाले अनुसन्धान थालेका थियौँ ।” गत वर्षको जेठमा विभागले उद्योग बन्द गराएको थियो ।

विना स्टिकर र रि–स्टिकर प्रयोग गरेर नाज गुट्खा, प्लेन पराग, पान प्लस र डमरु पराग बजारमा विक्री भइरहेको थियो । उद्योगका सञ्चालक रमेश शर्माले राजनीतिक पहुँच प्रयोग गरेर राजश्व छली गरिरहेकाले विभाग आफैँ सक्रिय भएको बताइएको थियो । इलाम र झापासहित देशभरका बजारमा राजश्व छली गरेका गुट्खाको बिक्री अत्यधिक छ भने राजश्व छली गरेका भारतीय उत्पादन पनि छ्यापछ्यापती पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group