काठमाडौं, २५ असार । छोटो दूरीमा सार्वजनिक सवारी सञ्चालन गर्न दिने भएको छ । आउँदो शुक्रबारदेखि कोभिड—१९ सम्पूर्ण शुरक्षाका मापदण्ड पूरा गर्दै सवारी सञ्चालन गर्न दिने निर्णय भएको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै अर्थ तथा सञ्चार मन्त्री डा। युवराज खतिवडाले बताउनुभयो । काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा जिल्लाभित्रमात्र चल्न पाउनेछन् । ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने खतिवडाले बताउनुभयो । सार्वजनिक यातायातले ५० प्रतिशत बढी भाडा लिन पाउने छन् । सार्वजनिक यातायात सञ्चालन नहुँदा मानिसहरु कार्यस्थल फर्कन पाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्