काठमाडौं, २७ असार । बन्द गरिएका भारतीय न्यूज च्यानललाई सुचारु गर्ने कि बन्द गर्ने भन्ने निर्णय मल्टिसिस्टम अपरेटरहरुको आइतबार दिउँसो बस्ने बैठकले त्यसबारे निर्णय गर्ने जनाइएको छ । नेपाली अपरेटरहरुले सेवा बन्द गरेसँगै भारतभर हल्लाखल्ला भएको थियो ।
समाचारप्रति चर्को असन्तुष्टिसँगै च्यानल नै बन्द गरिएपछि सम्बन्धित मिडियाहरले आफ्नो समाचारको कारण नेपालीहरुको चित्त दुखेको भन्दै ‘खेद’ प्रकट समेत गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली तथा चिनियाँ राजदूतको नाम जोडेर हुँदै नभएको समाचार सम्प्रेषण गरिएपछि नेपालका मल्टिसिस्टम अपरेटरहरुले भारतीय न्यूज च्यानलहरु बिहीबारदेखि बन्द गरेका थिए ।
यसलाई माफी मागेको रुपमा बुझ्दै अपरेटरहरुले अब के गर्ने भन्ने सम्बन्धमा धारणा बनाउन तथा त्यस्तो अनर्गल प्रचारमा संलग्न नभएकाको हकमा के गर्ने भन्ने सम्बन्धमा समेत निर्णय लिन छलफल गर्न लागेको म्याक्स टेलिभिजनका अध्यक्ष दिनेश सुवेदीले जानकारी दिनुभयो ।अहिले जीन्यूज, एबीपी न्यूज लगायत ३-४ वटा मिडिया त्यस्तो फेकन्यूजका लागि चर्चित मानिन्छन् ।
प्रतिक्रिया दिनुहोस्