काठमाडौं, २७ असार । म्याग्दीका धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ ।
बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले पहिरोले पुरिएकाहरको आज दिउंसो शव फेला पारेका हुन् । अझै १३ जना बेपत्ता रहेको र उनिहरुको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी र उद्धारका लागि आज बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् । भौगोलिक बिकटता र प्रतिकुल मौसमका कारण २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन् ।
पहिरोमा परेर घाइते भएका मराङका २ र बिमका १ जनाको ओमकुमारी शान्ति कोष र जिसी ग्रुपको समन्वयमा प्रभु एयरको हेलीकप्टरबाट उद्धार गरिएको छ । मराङकी २२ वर्षीया मञ्जिता श्रीपाली र ७ वर्षका सफल श्रीपालीलाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ। बिमका ४० वर्षीय पूर्ण परियारको बेनी अस्पतालमा उपचार भईरहेको छ । ताकममा २, कल्लेनीमा २ र राम्चेमा २ जना घाइतेको उद्दार गर्न बांकी छ ।
प्रतिक्रिया दिनुहोस्