काठमाडौं, २८ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनिहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। आज थपिएका ८२ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ।
नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा थप १४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ। कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्