ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्लिन फिड आर्थिक वर्षको सुरुबाटै लागु गर्न कुनै समस्या नहुने – अध्यक्ष शुभशंकर कँडेल


एबीसी न्यूज
२८ असार २०७७, आइतबार   ९ : २२   बजे

काठमाडौं, २८ असार ।  नेपाल मिडिया सोसाइटीले आगामी आर्थिक वर्षको सुरुबाट नै क्लिन फिड लागु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई भेटेर मिडिया सोसाइटीले क्लिन फिड साउनबाट नै लागु गर्न ध्यानाकर्षण गराएको हो । सबै सेवा प्रदायकहरु क्लिन फिडका लागि मानसिक रुपमा तयार भएकाले तीन महिना पर्खिनुभन्दा आर्थिक वर्षको सुरुबाटै लागु गर्न कुनै समस्या नहुने सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले बताउनुभयो । आर्थिक वर्षको सुरुवातबाट नै विज्ञापन रहित विदेशी च्यानल हुनुपर्ने उहाँले बताउनुभयो । विज्ञापनरहित बनाएर कसरी दिने / नदिने भन्ने कुरा सरकारको चिन्ताको विषय नभएको उहाँको भनाई छ ।

ध्यानाकर्षण पत्र बुझ्दै सरकार प्रवक्ता समेत रहनुभएका मन्त्री डा. खतिवडाले यो विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो । कानुनतः कार्तिक ८ गतेबाट लागु हुनेभएपनि सरकारका कुनै प्रशासनिक निणयबाट छिटो गर्न सकिन्छ की भन्ने विषयमा मन्त्रालय गृहकार्यमा जुटिरहेको उहाँको भनाई छ । कार्तिक भन्दा अगाडी नै क्लिन फिडमा जान सकिने अवस्था भएमा छिट्टै मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय गर्न सकिन्छ की भन्ने विषयमा पनि गृहकार्य जारी रहेको उहाँले बताउनुभयो । यसैवीच उहाले भारतीय न्यूज च्यानलहरु माथिको बन्देज तत्काल खोल्न नसकिने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो । मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताउनुभयो । सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहनुभएका अर्थमन्त्री डा. खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल नखोलिने बताउनुभएको हो । नेपालीहरुको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढंगले जान नसुहाउने भएपनि भारतीय न्यूज च्यानलहरुले दुरासायपूर्ण रुपले अगाडी बढेकाले तत्काल प्रतिवन्ध नहट्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ । राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यवद्धता हामीले प्रदर्शन गरेका छौँ । यो नेपालीहरुको एकताबाट तर्सेको पनि हुन सक्छन । एकताबाट तर्सेर, चित्त नबुझेर भएपनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्ने ढंगले जन कुनै पनि मिडियाले सुहाउँदैन । भारतीय मिडियाहरुको कदमलाई हामीले दुरासायपूर्ण भनेर भनिसकेका छौँ । केही च्यानल बन्द भएको अहिलेको अवस्था हो । सेवा प्रदायकहरुले स्वस्फुर्त रुपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिवन्ध लगाउनुभयो । परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म प्रतिवन्ध कायम राख्न म अग्रह गर्दछु ।’’

क्लिन फिडका लागि सरकारले कानून निर्माण गरिसकेको छ । कार्यान्वयनका लाग नियमावली र विज्ञापन बोर्ड गठन भने गर्न बाँकी रहेको उहाँले बताउनुभयो । विज्ञापन ऐन–०७६ को प्रावधानअनुसार आगामी कात्तिक ८ देखि यो व्यवस्था लागु गर्नुपर्ने हुन्छ । नेपाली विज्ञापन बजारको प्रवद्र्धनका लागि सरकारले क्लिन फिड लागू गर्ने गरी ऐनमा व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group