दाङ,१९ मंसीर । तुल्सीपुरमा गएको मंगलबार बम विस्फोटमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई तुलसीपुर उप–महानगरपालिकाले सहयोग रकम हस्तान्तरण गरेको छ ।
नगर प्रमुख घनश्याम पाण्डेले चुनाव सुरक्षाका क्रममा खटिएका विनोद चौधरीको परिवारलाई घरमै पुगेर २५ हजारको चेक हस्तान्तरण गरेका हुन ।यसअघि नगरपालिकाले विनोदकी छोरीलाई १२ कक्षासम्म पठ्न लाग्ने सबैै खर्च व्यहोर्ने निर्णय गरेको थियो ।
मंसिर १३ गते मंगलवार तुल्सीपुरमा नेपाली कांग्रेसले गरेको चुनावी सभामा सुरक्षार्थ खटिएका बेला भएको बम विस्फोटमा परी घाइते भएका विनोद चौधरीको बाँकेमा उपचारको क्रममा ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस्