ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीयहरुबाट नेपाली नागरिकमाथि दुर्व्यवहार


एबीसी न्यूज
२ श्रावण २०७७, शुक्रबार   १ : ५१   बजे

एजेन्सी /प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्यावारे दिएको विवाद बयानको नतिजा भारतमा बस्ने नेपालीले भोग्न परेको छ ।  विवादस्पद अभिव्यक्तिपछि भड्एिका भारतीयहरु नेपाली नागरिकमाथि दुर्व्यवहार गरिरहेका छन् । विश्व हिन्दू सेनाका कार्यकर्ताले गङ्गा किनारमा ती युवकको शिर मुण्डन गर्दै जय श्रीराम लेखिदिएका हुन् ।

उनीहरुले जय श्री रामको नारा लगाउँदै नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको भिडियोमा देख्न सकिन्छ । यो घटनापछि प्रहरीले कार्यकर्ताविरुद्ध मुद्दा दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनालाई लिएर सहरका प्रबुद्ध व्यक्तिले निन्दा गरेका छन् ।

 

भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले यो घटनाको सम्बन्धमा उत्तर प्रदेशका मुख्यमन्त्री कार्यालयसँग कुरा भएको ट्विटरमा जानकारी दिनुभएको छ ।

प्रमको राम र अयोध्याबारेको अभिव्यक्ति पश्चात भारतमा रहेका नेपाली युवा माथी हिंदूवादी संगठन विश्व हिंदू सेनाले कपाल खौरेर तालुमा जय श्री राम लेखेर अत्याचार गरेछन।
यस्तो कार्य कुनै पनि हालतमा सहन सकिदैन !
तुरुन्तै कदम चालियोस !@PM_Nepal @PradeepgyawaliK @nilacharya pic.twitter.com/f8NJXFCim4

— Abhishek Raj Singh (@seeuabhishek) July 17, 2020

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दु सेनाले एक नेपाली युवकको शीर मुण्डन गरेर दुर्व्यवहार गरेको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ ।

 

हिन्दुवादी संगठन विश्व हिन्दु सेनाले उक्त घटनाको भिडियोे सामाजिक सञ्जालमा भाइरल गरेको छ । भिडियोमा गंगा घाटको दृष्य देखिन्छ । उक्त भिडियोमा नेपाली युवकका पछाडिबाट कार्यकर्ताहरु संगठन र हिन्दुस्तान जिन्दाबादको नारा लगाइरहेको देख्न सकिन्छ ।

हिन्दुवादी संगठनले नेपाली युवकमाथि दुर्व्यवहार गर्नुभन्दा अघि बिहीबार बिहान वाराणसीको चोक क्षेत्रमा रहेको नेपाली मन्दिर बाहिर चेतावनीयुक्त पोस्टर लगाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको सोमबार भानु जयन्तीको अवसरमा बोल्दै भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभएको थियो ।

नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताउनुभएको थियो । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उहाँको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

सम्बन्धित

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu