ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै पाँच दिनसम्म ठूलो वर्षा : २४ घण्टामा कहाँ पर्‍यो धेरै पानी ?


एबीसी न्यूज
५ श्रावण २०७७, सोमबार   ५ : ५९   बजे

काठमाडौं, ५ साउन । नेपालमा अझै पाँच दिनसम्म ठूलो वर्षा हुने भएको छ । न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र त्यो रेखा नहटेसम्म वर्षा भइरहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकामहानिर्देशक सरजुकुमार वैद्यले देशको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलस्रोत श्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गराउनुभएको थियो । त्यस क्रममा वैद्यले ९ असारपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने उल्लेख गर्नुभयो ।

उहाँकाअनुसार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा नेपालको अधिकांश स्थानमा एक सय मिलिलिटर वा त्योभन्दा बढी पानी परिरहेको वैद्यले बताउनुभयो । यो मात्र अझै बढेर दुई सय मिलिलिटर पार्नी पर्ने सम्भावना छ । न्यून चापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वपहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको वैद्यले बताउनुभयो ।

२४ घण्टामा कहाँ पर्‍यो धेरै पानी ?

विभागका महासचिव वैद्यकाअनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी एक सय ६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा एक सय ५० दशमलव ६, तनहुँको श्याम्घामा एक सय ४८ दशमलव ८ तथा गोरखामा एक सय ४० दशमलव २ मिलिमिटर पानी परेको छ । यो परिणाममा अझै वृद्धि हुने वैद्यले बताउनुभयो । ‘यो पछिल्लो २४ घण्टाको विवरण हो’, वैद्यले भन्नुभयो, ‘यो अझै बढ्छ र धेरै स्थानमा दुई सय मिलिमिटरसम्म पानी पर्छ ।’

नारायणीले खतराको तह नाघ्यो, अरु चार नदीमा ठूलो बाढी आउने

चितवनको देवघाटको नारायणी नदीमा पानीको सहतले खतराको तह पार गरेको हो । त्यो स्थानमा जल सतह आठ मिटर नाघेपछि खतराको तह पार हुनेमा नौ मिटरमाथि आइसकेको छ । वर्षा नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ । यस्तै नारायणघाटको पुलमा जल सतहले सतर्कताको तह पार गरेको हो । त्यो स्थानमा जल सतहले ११ मिटर नाघेपछि सतर्कताको तह पार हुनुपर्नेमा जल सतहले ११ दशमलव ९८ मिटर पार गरेको वैद्यले बताउनुभयो ।

विभागले खतराको तह पार गरेको स्थानका तल्लो तटीय क्षेत्रका बासिन्दालाई त्यो स्थान छाडेर सुरक्षित स्थानमा जान तथा सतर्कताको तह पार गरेको स्थानका तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पूर्व नपलपरासी र चितवनका तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन भनिसकिएको वैद्यले जानकारी दिनुभयो ।

यस्तै कोशी नदीमा सतर्कताको तह पार गरेकाले मङ्गलबारसम्म खतराको तह पार गर्न सक्ने अनुमान गरिएको छ । यस्तै कमला, कन्काई, वाग्मती र ती नदीका सहायक नदीमा बाढीले खतराको तह पार गर्न सक्ने अनुमान विभागले गरेको छ ।

यो वर्ष आगामी कात्तिकसम्मै वर्षा हुने सम्भावना रहेको छ । सामान्यतया मनसुन असारमा सुरु भएर असोजमा सकिने भए पनि यो वर्ष भने झण्डै एक महिनापछिसम्म पानी पर्ने देखिएको छ । चार महिनामध्ये असारको मध्यदेखि भदौ मध्यसम्म अत्यधिक वर्षा हुने गर्दछ । तर यो पटक मौसम सक्रिय भएदेखि नै वर्षाको दर उच्च छ । ‘चार महिनामध्ये असारको आधाआधीदेखि भदौ आधाआधीसम्म पानी बढी पर्ने समय हो’, महानिर्देशक वैद्यले भन्नुभयो । तर यो पटक मनसुनको सुरुदेखि नै अत्यधिक पानी परिरहेको छ, कात्तिकसम्म पर्ने देखिन्छ । एक वर्षमा पर्ने पानीको ८० प्रतशित पानी मनसुनको चार महिनामा पर्ने उहाँले जानकारी दिनुभयो । हरेक मनसुनमा बाढी पहिरोका कारण हुने क्षति घटी बढी हुने भन्दै वैद्यले यस पटक हिउँदमा र प्रि–मौसममासमेत बढी पानी परेका कारण जमिन धेरै गलेकाले बाढी पहिरोको प्रकोप उच्च भएको बताउनुभयो ।

हरेक दिन मिडिया ब्रिफिङ

मौसम पूर्वानुमानबारे जानकारी लिएपछि मन्त्री पुनले पछिल्लो समय नेपालको मौसम पूर्वानुमान प्रणालीमा धेरै सुधार गरिएको बताउनुभयो । आगामी दिनमा विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना थप विश्वसनीय बनाउनुपर्नेमा उहाँको जोड थियो । ‘पहिलाको तुलनामा अहिले हामीले जल तथा मौसमको पूर्वानुमानप्रति विश्वास गर्न सक्ने आधार बनाएका छौँ’, मन्त्री पुनले भन्नुभयो, ‘आगामी दिनमा थप विश्वसनीय बनाउनुपर्छ ।’ उहाँले मौसम पूर्वानुमानका लागि राज्यले प्रविधि र जनशक्तिमा धेरै लगानी गरेको भन्दै पूर्वसूचना प्रदान गरेर जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो ।

‘बाढी र पहिरोको सही सूचना सही समयमा दिऔँ, सूचना नपाएका कारण एक जनाले पनि ज्यान गुमाउनु नपरोस् ।’ यस्तै बाढीपहिरोको सूचनालाई थप प्रभावकारी बनाउन अधिक वर्षा नरोकिएसम्म हरेक दिन मन्त्रालयमा मिडिया ब्रिफिङ गर्न मन्त्री पुनले विभागलाई निर्देशन दिनुभयो । विभागले सोमबारदेखि हरेक दिन बिहान ११ः०० बजे सामाजिक दुरी कायम गर्दै मिडिया ब्रिफिङ गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group