ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट बढेर आयो इन्धनको मुल्य, निगमलाई घाटै घाटा


admin
१९ मंसिर २०७४, मंगलबार   १२ : २२   बजे

काठमाडौं, १९ मंसिर । भारतबाट आयात हुने इन्धनको मुल्य बढेको निगमले जनाएको छ । भारतले पठाएको पछिल्लो मुल्यसुची अनुसार हवाइ इन्धनमा साविकको भन्दा सात प्रतिशत, डिजेलमा २ प्रतिशत तथा पेट्रोल र खाना पकाउने एलपी ग्यासमा १ प्रतिशत मुल्य बढेको हो ।

भारतले इन्धनको मुल्य बढाउदा निगमलाई भने घाटा व्यर्होनु परेको छ । निगमको हाल प्रति ग्यास सिलिण्डर घाटा रु २ सय ४८ रुपैया ६४ पैसा छ भने प्रतिलिटर डिजेलमा ४ रुपैया २५ पैसा र प्रतिलिटर पेट्रोलमा १४ पैसा घाटा छ । यस अघि नै घाटामा गइरहेको निगमलाई हालको मुल्यवृद्धि हुनु भन्दा पहिले प्रति ग्यास सिलिन्डर विक्रीमा घाटा रु २ सय ३७ रुपैया ६७ पैसा, प्रतिलिटर डिजेलमा ३ रुपैया ९८ पैसा थियो । पेट्रोलको प्रतिलिटर यस्तो घाटा भने साविककै दरमा छ ।

निगमलाई हवाई इन्धन र मट्टीतेलमा भने नाफा छ । पछिल्लो मूल्यसूची अनुसार निगमलाई प्रतिलिटर मट्टीतेलमा ११ रुपैयाँ, हवाई इन्धन ९बाहृय० मा १० रुपैयाँ १३ पैसा र हवाई इन्धन ९आन्तरिक० मा २ रुपैयाँ ४९ पैसा नाफा छ । यसअघि निगमलाई प्रतिलिटर मट्टीतेलमा १५ रुपैयाँ, हवाई इन्धन (बाहृय० मा १८ रुपैयाँ ३१ पैसा र हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ नाफा थियो । हवाई इन्धन र मट्टितेलको माग कम भएकोले नाफा भए पनि फरक नपर्ने निगमले जनाएको छ ।

सरकारले पेट्रोलियममा स्वचालित मूल्यप्रणाली अपनाए पनि पछिल्लो समय त्यसको अभ्यास हुन नपाउँदा यस्तो घाटा चुलिएको हो । । स्वचालित मूल्य प्रणाली इन्धनको अन्तर्राष्ट्रिय मूल्य बढ्दा नेपालमा पनि बढ्ने र घट्दा उसैगरी घट्ने प्रणाली हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu