ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुष्पलालको जन्मथलोमा वृक्षरोपण गरी स्मृति दिवस मनाइयो


एबीसी न्यूज
७ श्रावण २०७७, बुधबार   ३ : ००   बजे

काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस उहाँको जन्मथलो रामेछापमा वृक्षरोपण गरी मनाइएको छ । आज रामेछाप नगरपालिका–८ मा निर्माणाधीन रामेछापका सहयोगी मन ९रामस० समूहले बनाएको विराट पार्कमा स्मृतिसभा तथा वृक्षरोपण गरी नेकपा रामेछापले श्रेष्ठको सम्झना गरेको छ ।

नेकपा बागमती प्रदेश सदस्य एवं मन्थली नगरपालिका उपप्रमुख माया कुमारी कार्कीलगायत जिल्लास्तरका नेता कार्यकर्ताले पार्कमा विभिन्न प्रजातिका बिरुवा रोपी पुष्पलाल र उहाँले गर्नुभएको योगदानको सम्झना गर्नुभएको थियो । कार्यक्रममा पुष्पलालको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

नेकपाका केन्द्रीय सदस्य एवं नेकपाका जिल्ला इञ्चार्ज देवशङ्कर पौडेलले मुलुकमा भएका सबै आन्दोलन नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको नीतिअनुसार भएको बताउनुभयो । उहाँले पुष्पलाले संयुक्तरुपमा हुने आन्दोलनमात्रै सफल हुन्छ भन्ने नीति लिएकाले उहाँको नीतिअनुसार भएका आन्दोलन सफल भएको बताउनुभयो ।

पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापका अध्यक्ष तथा पूर्वसांसदसमेत रहनुभएका नेता पौडेलले कुनै पनि पार्टी नेता प्रधान नभई नीति प्रधान भएमात्रै चल्ने पुष्पलालको नीति रहेको बताउनुभयो । उहाँले अहिले नेकपा पनि कतै पुष्पलालको नीति र योगदान विपरीत त गएको हैन भन्ने शङ्का उपशङ्का शीर्ष नेताको व्यवहारले उब्जिएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वि सं १९८१ असार १५ गते रामेछापको भंगेरीमा भएको थियो । पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा उहाँको जन्म भएको थियो । पुष्पलाल श्रेष्ठ पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटिको अध्यक्ष पनि बन्नुभएको थियो ।

विसं १९९७ मा आफ्ना दाजु अमर शहीद गङ्गालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एक दिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तेले प्रज्वलित पार्नेछस्’ भन्नुभएको थियो । दाजुको यही शब्द पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बनेको थियो ।

विसं १९९८ मा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घको गठन गर्नुभएको थियो । भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि सं १९९८ सालदेखि बन्दी जीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेतासँग गोप्यरूपले सम्पर्क राखी टङ्कप्रसाद आचार्यलगायत अरू नेताको नेलसहितको फोटो सन् १९४२ मा भारत, पटनाबाट प्रकाशित हुने जनता पत्रिकामा प्रकाशन गर्न मद्दत गर्नुभएको थियो ।

विसं २००४ मा नेपाली राष्ट्रिय काँग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, सेहलता श्रेष्ठ, साहना प्रधानलगायतले गर्नुभयो । जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणा गर्नुभयो ।

माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली अनुवाद गर्नुभएको थियो । पुष्पलाको स्मृतिमा रामेछापको भंगेरीमा पुष्पलाल स्मृति पार्क निर्माण गरिदैै छ । सो कार्यका लागि सरकारले जग्गा अधिग्रहण गरी काम अघि बढाएको छ । अहिले यहाँ विभिन्न संरचना निर्माण हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group