ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गतेको लागि तोकिएको निर्वाचन सर्यो


एबीसी न्यूज
८ श्रावण २०७७, बिहिबार   ६ : २६   बजे

काठमाडौं, ८ साउन । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सरेको छ । साउन २६ र २७ गतेको लागि तोकिएको महासंघको ५४औं साधारणसभा कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण दोस्रो पटक सरेको हो ।

महासंघको पदाधिकारी बैठकले साधारणसभा सार्ने निर्णय गरेको निवर्तमान अध्यक्ष पशुपति मुरारकाले जानकारी दिनुभयो । नयाँ मिति भने तोकिएको छैन । सरकारले सभा सम्मेलन गर्न खुल्ला गरेको १५ दिनपछि महासंघको निर्वाचन गर्ने गरी मिति सारिएको मुरारकाको भनाइ छ ।
‘आजको पदाधिकारी बैठकले साउन २६ र २७ गते गर्ने भनिएको ५४औं साधारणसभा सार्ने निर्णय गरेको छ, सरकारले सभा सम्मेलन गर्न खुल्ला गरेको १५ दिनपछि साधारणसभा गर्ने निर्णय भएको छ,’ पदाधिकारी बैठकपछि निवर्तमान अध्यक्ष मुरारकाले बताउनुभयो । महासंघले यसअघि चैत २८ र २९ गते साधारणसभा गर्ने निर्णय गरेको थियो । कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि सो साधारणसभा सारेर साउन २६ र २७ गते गर्ने निर्णय भएको थियो । पदाधिकारी बैंकमा महासंघका पूर्वअध्यक्षहरुलाई पनि बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu