ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा निर्वाचनका लागि सबै तयारी पूरा


admin
१९ मंसिर २०७४, मंगलबार   ३ : २१   बजे

भद्रपुर, १९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्लामा सुरक्षालगायतका सम्पूर्ण तयारी भइसकेको जनाइएको छ ।

निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसकेका र उनीहरुले सम्पादन गर्नुपर्ने कार्य पनि तीव्र गतिमा गरिरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो । उहाँले सुरक्षाका निम्ति केही चुनौती भए पनि सुरक्षाका सबै संयन्त्र परिचालन गरिसकेकाले मतदातालाई मतदान केन्द्रमा निर्भयका साथ मतदान गर्न आग्रह गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँच लाख ८५ हजार २२८ मतदाता रहेको झापामा महिला मतदाता दुई लाख ९६ हजार ३६२ र तेस्रोलिंगी नौजना छन् । पाँचवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभातर्फ ५७ प्रदेशसभातर्फ ८४ जना उम्मेदवार चुनावी मैदान उत्रिएका छन् । प्रतिनिधिसभातर्फ दुई महिला र प्रदेशसभातर्फ चार महिला उम्मेदवार छन् भने प्रतिनिधिसभातर्फ सात स्वतन्त्र उम्मेदवार र प्रदेशसभातर्फ छजना स्वतन्त्र उम्मेदवार छन् ।
निर्वाचनलाई व्यवस्थित बनाउन झापामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम गरिएकामा ३९ अतिसंवेदनशील, १०४ संवेदनशील र १३० वटालाई समान्य अवस्थामा रहेकाले सोही अनुसार सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विष्णुकुमार केसीले बताउनुभयो ।

सुरक्षाको प्रबन्ध निकै बलियो बनाइएकाले जनताले निर्भिकताका साथ आ–आफ्ना मतदान केन्द्रमा गएर मतदान गर्न उहाँले आग्रह गर्नुभयो । एक मतदान केन्द्रमा आठजना कर्मचारी रहने व्यवस्था मिलाइएको छ । जिल्लामा निर्वाचनलाई धाँधलीरहित, व्यवस्थित, निष्पक्ष बनाउन प्रत्येक निर्वाचन क्षेत्रमा संयोजक रहने गरी अनुगमन समिति बनाएको छ । निर्वाचन क्षेत्र नं १ मा कृष्णचन्द्र पौडेल, २ मा पदम कार्की, ३ मा प्रेमप्रसाद न्यौपाने, ४ मा ज्ञानेन्द्र ओझा र ५ मा खेमराज ओझालाई अनुगमनका लागि जिम्मेवारी प्रदान गरेको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताउनुभयो ।

निर्वाचनका बिषयमा गौरीगञ्ज निवासी विजय अग्रवालले जनताबाट छानिएका प्रतिनिधिबाट निर्माण भएको संविधानपछि पहिलो पटक हुन लागेको यो निर्वाचनले नेपाली जनताको भाग्य खोल्ने धारणा व्यक्त गर्नुभयोे ।
कुमरखोद निवासी लखिकुमारी गणेशले मुलुकमा समृद्धि र विकासको ढोका खोल्ने यो निर्वाचनका लागि हामी अत्यन्त उत्साहित एवं हौसिएका छौँ अब नेपाल विकासमा पछि पर्नु हँुदैन भन्नुभयो । मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालले जनताले चाहेको विकास र समृद्धिका निम्ति यो निर्वाचन कोशेढुंगा साबित हुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu