ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तोलाको १ लाख ५० हजार रुपैयाँ पुग्ने अनुमान (किन बढिरहेको छ सुन कारण यस्तो)


एबीसी न्यूज
२० श्रावण २०७७, मंगलबार   ११ : ४१   बजे

काठमाडौं, २० साउन । आज (सोमबार) सुन तोलाको ९९ हजार ६०० मा कारोबार भइरहेको छ। ७ देखि १८ साउनसम्म लगातार बढेको मूल्य आज भने आइतबारकै मूल्य कायम रहेको हो। आज तेजाबी सुनको मूल्य तोलाको ९९ हजार १६० छ। आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै चाँदी एक हजार २३० प्रतितोलामा कारोबार भइरहेको छ। नेपाली बजारमा सुनको मूल्य बढेर तोलाको १ लाख ५० हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजार र मुलुकको अर्थतन्त्रका कारण सुनको मूल्य अझै बढ्ने आंकलन गरिएको हो ।

नेपाली बजारमा लगातार बढेर तोलाको १ लाख हाराहारीमा पुगेको सुनको मूल्य अझै बढेर १ लाख ५० हजार रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ । सन् २०२१ अर्थात् अबको ५/६ महिनामा अन्तर्राष्ट्रिय बजारमा हाल प्रतिऔंस १९ सय ७५ डलर हाराहारीमा कारोबार भइरहेको सुनको मूल्य ३ हजार डलरसम्म पुग्ने अनुमानकाबीच नेपालमा पनि सुनको मूल्य डेढ लाखको उचाईमा पुग्ने अनुमान भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सुनको मूल्य बढ्नुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धेरै कारण रहेको बताउनुहुन्छ । राष्ट्रियरुपमा चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सुनको भन्सारदर प्रति दश ग्राम दुई हजार रुपैंया बढी बढाइएका कारण सुनको मूल्य बढेको हो । यता अन्तर्राष्ट्रिय बजारमा अमेरिकाको फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउँदा सुनमा लगानी बढ्नु, अन्तर्राष्ट्रिय बजारमा सन् २०२२ बाट बेसल निर्देशिका–३ लागू गर्नुपर्ने जसले नोट निष्काशन गर्दा धितो राख्दै आइएको डलर र बोण्डको सट्टा सुन राख्नुपर्ने प्रावधानका कारण सबै देशका केन्द्रीय बैंकले सुनको मौज्दात बढाउँदै लगेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा कोरोना महामारीले आर्थिक मन्दी छाउँदा उद्योग धन्दा लगायत शेयर मूल्यमा गिरावट आएपछि सुरक्षित लगानीको साधन सुनतर्फ लगानीकर्ता आकर्षित बनेका छन् । यसैगरी अन्तर्राष्ट्रिय चलनचल्तीको मुद्रा डलरको विकल्पको रुपमा यूरो, चिनियाँ मुद्रालाई राख्न खोज्दा रुस, चीन, जर्मनी, स्ट्जिरल्याण्ड लगायत मुलुकले सुनको मौज्दात बढाउँदा अन्तर्राष्ट्रिय बजारमा मूल्यमा चाप परेको हो । कोरोनाका कारण कामदारको अभावमा खानीबाट सुनको उत्खनन न्यून बन्दा आपूर्ति घटेर सुनको मूल्य बढेको हो ।

कोरोना महामारीसँगै नेपालमा लकडाउन शुरु भएपछि नेपालको सुन बजारमा न्यून कारोबार मात्र भइरहेको छ । सिजनका बेला दैनिक रुपमा ४० किलोसम्म खपत गर्ने नेपाली बजार अहिले ४ देखि ५ किलो मात्रै खपत गर्ने अवस्थामा झरेको छ । बजारमा सुन बिक्री गर्नेको संख्या बढेको छ भने २३ हजारको हाराहारीमा कारोबार गर्ने देशभरको बजारमा १ सय भन्दा बढी पसल बन्द भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu