ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटहरी उपमहानगरको प्रमुखमा एमाले विजयी


admin
२३ असार २०७४, शुक्रबार   ३ : ०५   बजे

इटहरी, २३ असार । इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका द्वारिकलाल चौधरी २२ हजार ६८९ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २१ हजार ८४२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

चौधरीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रोहित प्रसार्इंलाइ १९ हजार ९८५ मत प्राप्त गर्नुभएको छ । सोही पार्टीका उपप्रमुखका उम्मेदवार विमला ढकालले १८ हजार ३५२ मत प्राप्त गर्नुभएको छ ।
बीसवटा वडा रहेको इटहरी उपमहानगरपालिकाका वडा नं १, ३, ६, ७, ८, ११, १२, १५, १६, १७ र २० मा काँग्रेसले जित हात पारेको छ । त्यसैगरी, एमालेले वडा नं २, ४, ५, ९, १३, १४, १८ र १९ मा जितेको छ । वडा नं १० मा भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले जितेको छ ।

इटहरी उपमहानगरपालिकाको कुल मतदाता ७७ हजार ७९७ मध्ये ५७ हजार ३८९ ले मतदान गरेका थिए । काँग्रेसबाट क्षेत्र नं १ मा विष्णु चौधरी, ३ मा बालकृष्ण विष्ट, ६ मा दीपक गौतम, ७ मा नरबहादुर राई, ८ मा रोहित चौधरी, ११ मा रुपेश चौधरी, १२ मा हेमानन्द दाहाल हिरा, १५ मा श्रवण चौधरी, १६ मा दीपनारायण चौधरी, १७ मा भगवानलाल साह र २० मा मणिराम श्रेष्ठ विजयी हुनुभएको छ ।

त्यसैगरी, एमालेबाट वडा नं २ मा हर्क मगर, ४ मा चन्द्र भट्टराई, ५ मा कल्याण कार्की, ९ मा भूपेन्द्र बराल, १३ मा शिवनारायण चौधरी, १४ मा रमेश चौधरी, १८ मा रामकुमार चौधरी र १९ मा नारायण चौधरी विजयी हुनुभएको छ । वडा नं १० मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रकाश चौधरीले जित हात पार्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘हुबहु भाषणलाई ट्रोल बनाइएपछि दुईपटक आत्महत्याको प्रयास गरेँ’

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

सम्बन्धित

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

बालेन–रवि सम्बन्धमा चिसोपन ? सुकुमवासीदेखि पासपोर्ट विवादसम्म पाँच मुद्दामा बढ्यो दूरी

रुसका लागि जापान ‘गुप्त प्रविधि केन्द्र’ ? युक्रेन युद्धमा जापानी प्रविधि पुगिरहेको दाबीपछि वैश्विक चासो

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने ५ दिने अल्टिमेटम तत्काल फिर्ता लिनुपर्दछः काँग्रेस सांसद कामी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu