बझाङ, २६ साउन । बझाङमा लगातारको अविरल बर्षापछि सेती नदीमा आएको बाढीले बझाङको सदरमुकाम चैनपुर जोडने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।आईतबार राती जयपृथ्वी राजमार्ग पर्ने तमैल बजार नजिकै छविस पाथीभेरा गाँउपालिकाको जालिङे बगरमा २० मिटर सडक बगाएको हो ।
सेती नदीमा पानीको वहाव बढेसँगै सडक वगाएपछी जिल्लाका अन्य ठाँउबाट सदरमुकामको चैनपुरको सम्पर्क टुटेको हो । सडक सुरक्षाका लागि निमार्ण गरिएका तटबन्धसहित सडक बगाउदाँ सदरमुकाम चैनपुर सम्पर्क विहिन बनेको हो । सदरमुकामबाट जाने सवारी साधनहरु तमैल बजारमा रोकिएका छन भने चैनपुर भित्रने सवारीहरु विभिन्न ठाँउमा रोकिएका छन ।
सडक बगाएको ठाँउमा माथी तिर कडा चट्टान भएको भिर र तल सेती नदी भएकाले तत्कालै सडक संचालनमा आउने सम्भावना छैन । सेती नदीमा पानीको वहाव बढे संगैे नदी किनाराका वस्तिहरु जोखिममा रहेका छन । नदीमा पानीको बहाब बढे पछि उच्च सर्तकता अपनाउन जिल्ला विपद व्यवस्थापन समितिले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्