ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज कोरोनाबाट थप ५ जनाको मृत्यु , कोरोनाबाट मृत्यु हुनेको संख्या ८८ पुग्यो


एबीसी न्यूज
२८ श्रावण २०७७, बुधबार   ११ : ३६   बजे

काठमाडौं, २८ साउन । कोरोना भाइरसको त्रास आम नागरिकमा दिन–प्रतिदिन बढिरहेको छ । कोरोनाबाट नेपालमा २३ हजार ९ सयभन्दा बढी नागरिकहरु संक्रमित भइसकेका छन् । संक्रमित हुनेको संख्या दिनहुँ बढ्दै गइरहेको छ । सरकारले चार महिना लकडाउन गरेर खुला गरेसँगै देशभित्र कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । लामो समय लकडाउन गर्दा देशको अर्थतन्त्र तहसनहस बनेको छ नै, नागरिकहरुको जनजीवन पनि कष्टकर बन्दै गएको छ । बिहान बेलुका काम गरेर जीविका चलाउँदै आएको श्रमिकहरुको अवस्था झन बेहाल बनेको छ । यस्तो बेला नागरिकहरु जीवनको जोखिम मोलेर काममा लागेका छन् भने सरकारी कार्यालय ‘सेवा बन्द’को सूचना टाँगेर आराम गर्नथालेका छन् ।

कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले विभिन्न मापदण्ड बनाएर लागू नगरेको पनि होइन । जनस्तरबाट लकडाउन खुला गर्न सरकारमाथि चौतर्फी दबाब परेपछि अन्ततः सरकारले यही श्रावण ७ गतेदेखि लकडाउन हटाएको थियो । लकडाउन खुला गरेसँगै काठमाडौं उपत्यकाबाट बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किएका छन् । सीमा नाकामा कडाइ र व्यवस्थित गर्न सकिएको छैन । उपत्यकामा मात्र होइन देशभर नै कोराना संक्रमित फैलिएको छ ।

पछिल्लो समयमा वीरगञ्ज लगायतका ठाउँमा त समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको देखिएको छ । लकडाउनको अवधिमा नागरिकले आफूले पालना गर्नुपर्ने नियम माने पनि लकडाउन हटाइएको दुई साता नबित्दै पुनः सटडाउनतिर लाग्नुपर्ने अवस्था आउनु गम्भीर विषय हो । अर्कातिर कोरोना भाइरस सहज रुपमा नियन्त्रण नहुने विभिन्न अध्ययनले देखाइरहेका बेला हामीकहाँ भने  कोरोनाको संक्रमणदर र मृत्युदर बढी रहेको छ । आजमात्रै  देशका विभिन्न अस्पतालमा थप ५ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । ललितपुर, मोरङ, रुपन्देही र सप्तरीमा गरी तीन पुरुष र एक महिलाको राति ज्यान गएको हो ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया महिलाको ज्यान गएको अस्पतालले जनाएको छ । गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति ज्यान गएको हो । यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु २ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षका दुई पुरुषको उपचारको क्रममा राती ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो ।  ज्यान गुमाएका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भए पनि २५ वर्षका पुरुषको भने रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ ।

यसैगरी सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ ।

यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ छातापुर घर भई राजविराज वडा नम्बर ६ मा बस्दै आएका ८० वर्षका वृद्धको ज्यान गएको छ । कोरोनाको लक्षण देखिए पनि एक हप्तादेखि घरमै बसेका उहाँको राति गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा एम्बुलेन्समै ज्यान गएको हो । उहाँको ज्यान गएपछि मात्रै कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।

अहिलेसम्म ४ लाख ६२ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २३ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १६ हजार ६ सय ६४ जना निको भएका र ७ हजार २ सय १ जना आइसोलेशनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

सम्बन्धित

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu