ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहमा बैंक शाखा विस्तार


admin
२० मंसिर २०७४, बुधबार   १ : २०   बजे

म्याग्दी, २० मंसिर । म्याग्दीको चारवटा स्थानीय तहमा बैंकिङ सेवा विस्तार भएको छ ।

जिल्लामा स्थापना भएका स्थानीय तहका केन्द्रमा विभिन्न बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार गर्न थालेका हुन् । स्थानीय तहमार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी र सर्वसाधारणलाई बैंकिङ सुविधाका लागि सदरमुकाम धाउनुपर्ने समस्या हट्ने अपेक्षा गरिएको छ ।

नयाँ संरचनाअनुसार आर्थिक गतिविधि, व्यापार र बजारीकरण हुन थालेपछि बैंक तथा वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्न थालेका हुन् । यसै क्रममा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा गरिमा विकास बैंकको शाखा स्थापना गरिएको छ ।

यसअघि सोही गाउँपालिकाको २ नम्बर वडामा पर्ने भुरुङ तातोपानीबाट सञ्चालन हुँदै आएको शाखा पोखरेबगरमा स्थानान्तरण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताउनुभयो । गरिमाले सदरमुकाम बेनीसँगै मालिका गाउँपालिकाको केन्द्र दरवाङ र मंगलाको केन्द्र बाबियाचौर बजारबाट सेवा प्रवाह गर्दै आएको छ ।

जिल्लाका ६ वटा मध्ये अब चारवटा स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । प्रभु बैंकले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट र धौलागिरि गाउँपालिकाको ताकममा शाखा विस्तारको तयारी गरेको जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले द्वन्द्वकालमा दरवाङ बजारबाट हटाएको शाखा पुनःस्थापनाको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu