ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भटमाससँग नुन चामल साट्दै ग्रामीण भेगका कृषक


admin
२० मंसिर २०७४, बुधबार   १ : २८   बजे

डडेल्धुरा, २० मंसिर । पछिल्ला समयमा जिल्लाका अधिकांश गाउँँका कृषक भटमाससँग नुन, चामललगायतका खाद्य सामग्री साट्न व्यपारीकहाँ धाउन थालेका छन् ।

वर्षायाममा लगाइने बाली बँदेलले नष्ट गर्न थालेपछि किसानले धान, गहुँ, मकैजस्ता बाली छोडेर भटमास तथा अन्य दलहन खेतीतर्फ आकर्षित भएका हुन् । कृषकले लगाएका मकै बँदेलले सखाप गर्न थालेपछि अजयमेरु गाउँपालिकाका र डडेल्धुराको ग्रामीण भेगका अधिकांश कृषकले मकै र धानखेती लगाउन छाडेको अजयमेरु गाउँपालिका–५ की मायादेवी पालले बताउनुभयो ।

(डडेलधुराको एक गाउपालीका)

ग्रामीण क्षेत्रमा यातायातको सुविधा पुगेसँगै व्यापारी नुन र चामल लगेर गाउँमै भटमासलगायत दलहन खरिद गर्न पुग्ने गरेको अजयमेरु–१ समैजीका कृषक बताउँछन् । बजारको मूल्य गाउँमै पाइने र नुन चामल पनि घरसम्मै पुग्ने भएकाले सजिलो भएको समैजीकी दुर्गा भण्डारीले बताउनुभयो ।

अहिले प्राय गाउँ क्षेत्रका कृषकले भटमासको भारी बोकेर चामललगायत अन्य दैनिक उपभोग्यका सामग्री खरिद गरी रहेका भेटिन्छन् । गाउँमा नै भनेको दाम पाइने भएपछि बिक्रीका लागि सहज भएको उनीहरूको भनाइ छ । एक केजी भटमाससँग दुई केजी चामल साट्ने गरेको अजयमेरु–२ भद्रपुरका इन्द्रा पनेरुले बताउनुभयो । प्रायः घरमै गएर खरिद गरे सस्तो मूल्य पर्ने तर बिक्री गर्ने ठाउँसम्मै बोकेर ल्याउँदा उचित मूल्य पाइने उहाँले जानकारी दिनुभयो । भटमासको मूल्य गाउँमा नै ६० देखि ७० मा बिक्री हुने गर्दछ । एक किलो भटमासमा दुई किलो चामल भन्दै साटेर लैजान्छन् ।

गत वर्ष पाँच कट्टा जमिनमा लगाएको मकै सबै सखाफ गरेपछि भने यो साल आफूलगायत ३० परिवारले थोरै मकै र बाँकी भटमास लगाएको मायादेवीको भनाइ छ । भटमासलाई बँदेलले खासै नरुचाउने भएकाले हामी भटमास खेतीतर्फ आकर्षित भएको सोही गाउँका अर्का कृषक पदमराज पन्त बताउनुहुन्छ ।

धानभन्दा पनि महँगो मूल्यमा बिक्री हुने हँुदा भटमास खेती गर्न अन्य बालीभन्दा सहज भएकाले यसतर्फ कृषक आर्कषित भएका हुन् । विगतमा हामीले धान, मकै, कोदो लगाउने गरे पनि जंगली बँदेलले सखाप गर्न थालेपछि केही सीप नचलेर भटमास खेतीतर्फ लागेको नवदुर्गा गाउँपालिकाका कृषक रुद्रप्रसाद भट्टले बताउनुभयो ।

हाम्रो गाउँमा प्रायः पाखो जमिन भएकाले धानभन्दा पनि मकै फल्थ्यो तर बँदेलले नष्ट गर्न थालेदेखि अधिकांशले भटमासखेती गर्न थालेका हुन् । करिब हामी ६० घरपरिवार नै बसोबास गर्दछौँ सबैले मुख्य बालीको रुपमा भटमासको खेती गर्न लागेको तीन वर्ष जति हुन लागेको कृषक भट्टले उल्लेख गर्नुभयो ।

विगतमा कहिल्यै पनि बाहिरबाट चामल किन्न नपरेकामा बँदेलको त्रासले त्यस्ता बाली लगाउन सबैले छाडिसके अब बजारको चामलको भर पर्नुपरेको अर्का बृद्ध कृषक कमलसिंह महरले बताउनुभयो । हाल जिल्लाका विभिन्न भागमा कृषकले वर्षेयाममा धान, मकैलगायतका बाली लगाउन छोडेर दलहन खेती गर्न थालेका हुन् ।

जिल्लाका अमागढी नगरपालिका अजमेरु गाउँपालिका, नवदुर्गा, भागेश्वर, गन्याप र पर्शुराम तथा आलिताल गाउँपालिकाका विभिन्न ग्रामीण क्षेत्रमा भटमासका साथै अन्य दलहन खेती र तरकारी खेतीको विस्तार भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group