ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन नजिकिएसँगै आचारसहिंता उल्लंघन वृद्धि


admin
२० मंसिर २०७४, बुधबार   २ : ४९   बजे

ललितपुर, २० मंसिर । निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उम्मेदवार र तिनका समर्थकले आचारसंहिताको उल्लंघन गर्ने क्रम बढेको छ ।

उम्मेदवारी दर्तापछि शुरुका दिनमा आचारसहिंता पालना भइरहे पनि निर्वाचन नजिकिँदै गर्दा उल्लंघन बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसहिंता अनुगमन अधिकृत भीम पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका विभिन्न भागमा ब्यानर, पम्प्लेट टाँस्ने काम बढिरहेको छ ।”

शहरका भित्री भागभन्दा पनि चक्रपथ बाहिर उम्मेदवारका प्रचार सामग्री टाँसिएको र झुण्ड्याएको बढी पाइएको छ । दलका उम्मेदवार मात्रै होइन, आचारसहिंताको उल्लंघन गर्नेमा स्वतन्त्र उम्मेदवारसमेत छन् ।

आचारसहिंता पालना गराउनका लागि जिल्लास्तरमा सर्वदलीय बैठक भइरहेका छन् । बैठकमा आचारसहिंता विपरीत राखिएका पर्चा, पम्प्लेट हटाउन दल र उम्मेदवारलाई पटक पटक सम्झाइएको पाण्डे बताउनुहुन्छ । कार्यालयले लिखित र मौखिक दुवै रुपमा उम्मेदवारलाई आचारसंहिताको पालना गर्न सम्झाइरहेको छ । उहाँले भन्नुभयो, “हामीले यही मंसिर १४ गते लिखित रुपमा नै बढी प्रचार सामग्री भएका दल र उम्मेदवारलाई हटाउन भनेका थियौंँ ।”

आचारसहिंता विपरीत राखिएका प्रचार सामग्री हटाउन कतिले माने पनि कतिपयले अटेर गर्ने गरेको पाण्डे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले भनेपछि कतिपयले भने भोलिपल्ट आफैंँ हटाएका पनि थिए ।” अटेर भएका कतिपय स्थानमा भने सुरक्षाकर्मीको सहयोगमा हटाइएको छ । सुरक्षाकर्मीले केही दिन पहिले जाउलाखेल, पुल्चोक, सानेपालगायत स्थानमा आचारसहिंता विपरीत राखिएको प्रचार सामग्री हटाएको थियो ।

आचारसहिंता उल्लंघन भएको भन्दै कार्यालयमा मौखिक उजुरी परिरहेको छ । पाण्डेले भन्नुभयो, “ठूलो स्पिकर बजाएको भन्दै केही दिन पहिले उजुरी परेको थियो ।”

केन्द्रमा निर्वाचन आयोगले आचारसंहिताको कार्यान्वयनको अवस्था अनुगमन गरिरहेको छ । जिल्लामा भने एक अधिकारीलाई आचारसंहिता कार्यान्वयनको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । एक जना मात्रै हुँदा रिपोर्टिङ भन्दा अरु कामगर्न नभ्याइने पाण्डे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक जना व्यक्तिले आचारसंहिताको पालना भए÷नभएको मात्रै हेर्न भ्याउँछ, पालना गर्न लगाउनेसम्मको काम गर्न भ्याउँदैन ।”

जिल्ला निर्वाचन कार्यालयका प्रमुख सीता साम्बा लिखितभन्दा पनि मौखिक उजुरी आउने गरेको बताउनुहुन्छ । केही दिन पहिले ठेचोमा झण्डालगायत प्रचार सामग्रीको प्रयोग भएको उजुरी आएको थियो । उहाँले भन्नुभयो, “लिखित रुपमा भने एउटा पनि उजुरी हामीकहाँ आएको छैन ।”
मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले निर्वाचन आचारसहिंता विपरीत प्रचार सामग्री राख्ने काम ग्रामीण क्षेत्रमा मात्रै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शहरी क्षेत्रमा छिटफुट भए पनि हामीले हटाउन लगाएका छौँं ।” मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी एउटा पनि छैन । दलहरुबीचमा एउटाले राखेपछि उजुरी गर्नुभन्दा पनि राख्नेमा नै होडबाजी हुने उहाँ बताउनुहुन्छ ।

जिल्लामा तीन प्रतिनिधिसभा सदस्यका लागि ४७ जनाको र छ प्रदेशसभा सदस्यका लागि ६३ जनाको उम्मेदवारी परेको छ । जिल्लाभरमा दुई लाख २८ हजार ३३८ जना मतदाता छन् । क्षेत्र नं ३ मा सबैभन्दा बढी ८६ हजार ४३९ र क्षेत्र नं १ मा सबैभन्दा कम ६५ हजार ९१८ मतदाता छन् । क्षेत्र नं २ मा ७५ हजार ९८१ मतदाता छन् ।

स्थानीय निकायको निर्वाचनमा भन्दा अहिले झण्डै १५ हजार मतदाता थप भएको कार्यालयले जनाएको छ । जिल्लामा १३१ मतदानस्थलमा २७७ मतदान केन्द्र छन् । निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी आवश्यक सामग्री लिएर सम्बन्धित केन्द्रमा मंगलबार नै पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu