इलाम ,२१ मंसिर । पूर्वसभामुख एवं इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुवासचन्द्र नेम्बाङले बालमन्दिर केन्द्रमा विहान ७ बजे मतदान गरेपछि अब मुलुक समृद्धिको बाटोमा लाग्ने पनि बताए ।
इलाममा मतदान गरेपछि छोटो प्रतिक्रिया दिदै उनले भने, ‘यो नेपालीका लागि हर्षको विषय हो । संविधान जारी गर्ने सभाको अध्यक्षको हैसियतबाट झन् यति धेरै खुशी छु की वर्णन गर्नै सक्दिन ।’
नेम्बाङले निर्वाचनको क्रममा सरकारले शान्ति सुरक्षाको चित्तबुझ्दो प्रबन्ध गर्न नसकेको पनि गुनासो समेत गरे ।
प्रतिक्रिया दिनुहोस्