काठमाडौँ, २१ मंसिर २१ । आज भएको दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा बिहान १० बजेसम्म २५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार देशका ४५ जिल्लामा बिहान सात बजेदेखि मतदान शुरु भएको हो ।
चुनावमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आ–आफ्नो मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्र्दैछन् । अहिलेसम्म कुनै अपृय घटना नभएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि १ सय २८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २ सय ५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भइरहेको छ । बेलुका ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्