ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेह्रथुमे ढाकाको अन्तर्राष्ट्रिय बजार प्रवर्धन गरिँदै


admin
२३ असार २०७४, शुक्रबार   ४ : ५९   बजे

तेह्रथुम, २३ असार । जिल्लामा परम्परागत रुपमा हाते मेसिनबाट बुनेर तयार गरिँदै आएको ‘तेह्रथुमे ढाका’ कपडाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्र्वन गर्ने प्रयास थालिएको छ ।

ढाका कपडा व्यावसायिकरुपमै बुनिरहेका महिला उद्यमीलाई अन्तर्राष्ट्रिय बजारमा चर्चामा रहेको ढाकाको आकर्षक डिजाइन, कपडाको रङ, बुट्टा, बजार व्यवस्थापन र मूल्य निर्धारणलगायत विषयमा सीप प्रदान गरी ढाकाको बजार प्रवद्र्वन गर्न सुरु गरिएको हो ।

यहाँका महिलाले गाउँघरमै बसेर हाते मेसिनबाट हातैले बुनेर तयार गरिएको ढाकाको कपडा देशविदेशमा ‘तेह्रथुमे ढाका’ को नामले चर्चित छ । हातैले बुनेको, कलात्मक र आकर्षक बुट्टा राखिएका कारण तेह्रथुमे ढाका एक हस्तकलाको रुपमा लोकप्रिय छ । जिल्लाका गाउँ÷गाउँमासमेत महिलाले घरायसी कामसँगै न्यून लगानीमा हाते मेसिनबाट आकर्षक डिजाइनका ढाका कपडा बुनेर आम्दानी गर्ने गरेका छन् ।

समय, सीप र मिहेनतबाट तयार हुने आकर्षक डिजाइनका कलात्मक ढाकाका कपडाको मूल्य निर्धारण र बजार व्यवस्थापनमा उनीहरुको आफ्नै पहुँच स्थापना हुनसकेको छैन । जिल्लामा सञ्चालित गरिबी निवारण कोष कार्यक्रमले महिला उद्यमीको सीपलाई आधुनिक र व्यवस्थित बनाएर उनीहरुको आयस्तरमा वृद्धि गर्न ढाका कपडाको व्यावसायिकरण र बजार प्रवर्धन गर्न थालिएको हो ।

गरिबी निवारण कोष कार्यक्रमअन्तर्गत जापान सामाजिक विकास कोषको सहयोगमा सञ्चालित सीप विकास तथा व्यावसायिकता कार्यक्रमले ‘तेह्रथुमे ढाका’ को बजारीकरणमा सहयोग गर्दै आएको गरिबी निवारण कोषका जिल्ला कार्यप्रबन्धक नरेन्द्रप्रसाद कटुवालले बताउनुभयो ।

सुरुवातमा उद्यमीलाई सदरमुकाम म्याङलुङमा ढाका कपडाको नयाँ र आकर्षक डिजाइन, मूल्य निर्धारण र बजारीकरण सम्बन्धी तालिम सञ्चालन गर्दैआएको कटुवालको भनाइ छ ।

“तेह्रथुमे ढाका नेपालमा भन्दा विदेशमा लोकप्रिय छ,” उहाँले भन्नुभयो । तालिमपछि महिलाका लागि साझा सुविधा केन्द्र स्थापना गर्ने तयारी छ । म्याङलुङ, जलजले, सिम्ले, सोल्मा र ओयाक्जुङका महिलालाई ढाका कपडाको डिजाइन सम्बन्धी तालिम प्रदान गरिएको छ ।

किसानलाई अलैँचीको बिरुवा वितरण

कृषि विकास कार्यालयले जिल्लाका कृषकलाई यस वर्ष दुई लाख ४० हजार अलैँचीका बिरुवा अनुदानमा वितरण गरेको छ ।

खेती विस्तार गरी आम्दानी बढाउन चाहने कृषकलाई कार्यालयले आवेदन माग गरी ५० प्रतिशत अनुदानमा सुन्तला, कागती, आँप, लिचीलगायत जातका फलफूलका बिरुवा वितरण गरेको हो । वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेका अनुसार मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको बिरुवा सबैभन्दा बढी बिरुवा वितरण गरेको हो ।

यस्तै सुन्तला, कागती, आँप र लिचीका करिब १३ हजार बिरुवा अनुदानमा वितरण गरिएको छ । विगतमा इलामबाट बिरुवा ल्याएर किसानलाई वितरण गर्ने गरेको कार्यालयले यस वर्ष जिल्लाकै अलैँची कृषकलाई उत्पादन गर्न लगाएर बिरुवा उत्पादन गरेको हो । जिल्लाबाट यस वर्ष रु ५२ करोड बराबरको अलँैची निर्यात भएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सरकारसँगै डराइरहेका छन् व्यवसायी …

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu